सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छ वर्षमा हुलाकी राजमार्ग ३२ किमी कालोपत्र


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार १४:४९ 
  • कञ्चनपुर, १० भदौ । कञ्चनपुरमा छ वर्षमा हुलाकी राजमार्ग ३२ किलोमिटर कालोपत्र गरिएको छ । तीन खण्डमा विभाजित गरी राजमार्ग निर्माण जारी छ ।राजमार्गको ६२ किमी क्षेत्रमा ग्राभेल राख्ने काम पूरा भएको छ । यसका लागि बेस राख्ने कार्य समेत ६० प्रतिशत पूरा भएको छ । हालसम्म राजमार्ग निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ ।

    पहिलो खण्डमा डोकेबजारदेखि बुटावारी सम्मको २० किमी लागि रु ३८ करोडमा ठेक्का सम्झौता गरिएको छ । दोस्रो खण्डमा बुटाबारीदेखि बेलडाँडीसम्मको २० किमी सडक निर्माणका लागि रु ४१ करोड र तेस्रो खण्डको २२ किमी सडकका लागि रु ४० करोडमा ठेक्का सम्झौता भएको छ ।

    बाबाहंस सिद्धिकी र शर्मा जेभीले राजमार्ग निर्माणको जिम्मा पाएका छन् । “विसं २०७३ मा राजमार्ग निर्माणको कार्य शुभारम्भ गरी विसं २०७६ भदौ मसान्तमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको थियो” हुलाकी राजमार्ग आयोजनाका सूचना अधिकारी पदम मडैले भन्नुभयो, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा पर्ने रुख हटाउन अनुमति दिन एक वर्ष लगाएपछि पर्खनुप¥यो । त्यसपछि कोरोना भाइरसको महामारी फैलिएपछि कार्य अगाडि बढाउन विलम्ब भएको छ ।”

    राजमार्गको शुरुआतकै विन्दु डोके बजार क्षेत्रमा सडकको अधिकार क्षेत्रभित्र पर्ने रुख र घर हटाउनका लागि बारम्बार तोकता गर्दै आए पनि नहटाइदा ३५ दिने सूचना जारी गरिएको उहाँले बताउनुभयो ।

    बेलौरीको पचुँइमा एक हजार ६०० मिटर राजमार्ग कालापत्रको कार्य भारतीय अवरोधका कारण अगाडि बढ्न सकेको छैन । विवाद चाँडो समाधान भए कालोपत्रको कार्य अगाडि बढने सूचना अधिकारी मडैले बताउनुभयो ।

    “तीन वटै ठेक्काको म्याद सकिएको छ” उहाँले भन्नुभयो, “पहिलो र दोस्रो सडक खण्ड निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको गत माघ महिनामै म्याद सकिएको छ । दोस्रो सडक खण्डमा काम गर्ने निर्माण कम्पनीको ठेक्का सम्झौताको म्याद जेठ महिनामा सकिएको छ ।”

    कोभिडलाई मध्यनजर गर्दै म्याद सकिएका निर्माण कम्पनीलाई छ महिना विभागले काम गर्नका लागि म्याद थप गरेपनि त्यो पनि सकिनै लागेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण राजमार्ग निर्माणको कार्यले गति लिन नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।

    निर्माण कम्पनीलाई हुलाकी राजमार्ग आयोजनाले भने काम गरेको केही रकम भुक्तानी गर्न भने बाँकी रहेको छ । निर्माणको कार्य अगाडि बढाउनका लागि विभागबाट परिपत्र नआएका कारण केही अप्ठेरो परेको आयोजना कार्यालयका कर्मचारीको भनाइ छ ।

    राजमार्ग आयोजना धनगढी कार्यालयका प्रमुख रामपुकार जैसवालले वर्षाको समय भएकाले यस बेला कालोपत्र गर्ने कार्य गुणस्तरयुक्त नहुने भएकाले काम रोक्न लगाइएको बताउनुभयो । वर्षाको समय सकिएपछि सडक कालोपत्र गर्ने कार्य शुचारु हुने उहाँले बताउनुभयो ।

    राजमार्गको कूल चौडाई १२ मिटर छ । यसमा सात मिटर कालोपत्र गर्ने र दायाँबायाँको अढाइ मिटर क्षेत्रमा ग्राभेल राख्ने योजना छ । राजमार्गका ५५ बढी ठाउँमा कल्भर्ट राख्ने र बाल निर्माण पूरा गरिएको छ ।

    सडक कालोपत्रको पूरा नहँुदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । सडकको धुलो उडेर स्थानीय बासिन्दाको घरभित्रै पस्न थालेपछि मर्कामा परेका हुन् । कालोपत्र गरिएको सडक फुटेर केही ठाउँमा खाल्डाखुल्डी भएपछि आवगमनमासमेत अप्ठेरो परेको छ ।

    पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रुपमा हुलाकी राजमार्ग छ । ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको व्यापरिकरण गरी गरिबी निवारणमा सघाउ पु¥याउने उद्देश्यले राजमार्ग आयोजना सञ्चालन गरिएको बताइएको छ ।राणाकालीन समयदेखि नै चिठीपत्र आदानप्रदान गर्न चलनचल्तीको बाटोलाइनै सडकमा परिणत गरी राजमार्गको रुपमा विकसित गरिन लागेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.