सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, लिए शपथ


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार १३:०१ 
  • विराटनगर, १० भदौ। प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्।

    बिहीबार बिहान विराटनगरस्थित एशिया होटलमा बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दलको नेताका रुपमा प्रस्ताव गरेका थिए।

    आचार्य सर्वसम्मत भएसँगै होटलबाट टोली प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष मुख्यमन्त्रीका लागि सिफारिस गर्न पुगेको थियो।

    प्रदेश कार्यालयमै आचार्यलाई मुख्यमन्त्रीको शपथग्रहण गराइएको पूर्वसामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए।

    पूर्व मन्त्री घिमिरेले बिहीबार मुख्यमन्त्रीको शपथग्रहण गरिएको भए पनि तत्काल हालको मन्त्रीमण्डलमा हेरफेरको सम्भावना नरहेको जानकारी दिए।

    संविधानको धारा १६८ ९१० अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो।

    मुख्यमन्त्रीको पदभार ग्रहण गरेका आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।

    शेरधन राईले बिहीबार नै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष मुख्यमन्त्रीबाट राजीनामा बुझाएका थिए।

    त्यसलगत्तै आचार्यलाई मुख्यमन्त्रीको शपथ ग्रहण गराइएको हो। राईले संसदीय दलको बैठकमा आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह
    बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
    • दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात
    • बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
    • सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
    • एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.