सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी जारी


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार ११:३५ 
  • काठमाडौं,१० भदौ । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी जारी गरेका छन् ।

    काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौं सर्वसाधारणले प्रतीक्षा गरिरहेको बेला दुवै देशले सुरक्षा खतराको चेतावनी जारी गरेका हुन् ।

    विमानस्थलमा पुगिसकेकाहरुलाई पनि त्यहाँबाट फर्किन भनिएको छ । अमेरिकी विदेश विभागले जारी गरेको अलर्टमा विमानस्थलको पूर्वी र उत्तरी गेटमा प्रतीक्षा गरिरहेकाहरुलाई ‘तुरुन्त अफगानिस्तान छाड्न’ भनिएको छ ।

    यसअघि बेलायतले पनि यस्तै प्रकारको अलर्ट जारी गर्दै मानिसहरुलाई सुरक्षित स्थानमा जान र थप सूचनाको प्रतीक्षा गर्न भनेको थियो ।

    बेलायतको विदेश कार्यालयका अनुसार अफगानिस्तानमा सुरक्षा स्थिति अस्थीर छ र त्यहाँ आतंकवादी आक्रमणको खतरा छ ।
    तालिबान विद्रोहीहरुले अफगानिस्तान कब्जा गरेपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

    तालिबानबाट असुरक्षित महसुस गर्दै विदेशी नागरिक र अफगान नागरिकहरु त्यहाँबाट सुरक्षित तरिकाले बाहिरिन चाहेका छन् । तालिबानले सबै सीमा नाका बन्द गराएकाले त्यहाँबाट बाहिरिने एकमात्र उपाय भनेको हवाई उडान हो ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा इस्लामिक स्टेट नामको अतिवादी समूहले आक्रमण गर्न सक्ने अभिव्यक्ति दिएको २४ घण्टापछि अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका हुन् ।

    अमेरिका, बेलायत, भारत लगायतका देशहरुले आफ्ना नागरिकहरुलाई अफगानिस्तानबाट उद्धार गरिरहेका छन् । नेपालले पनि मित्र राष्ट्रहरुको सहयोगमा नेपालीहरुलाई उद्धार गर्ने क्रम जारी राखेको छ । परराष्ट्र मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अझै पनि ४२ जना नेपाली उद्धारको पर्खाइमा छन् ।

    हाल विमानस्थलको भित्री भाग नियन्त्रणमा लिएका अमेरिका सेनाले आफ्ना नागरिकहरुका साथै अफगानिस्तानका नागरिकहरुलाई पनि उद्धार गर्दै आएको छ । बीबीसीका अनुसार विगत १० दिनको अवधिमा काबुलबाट ८२ हजार मानिसलाई उद्धार गरिसकिएको छ । वितेको २४ घण्टाको अवधिमा अमेरिकी उडानबाट करिब १९ हजार मानिसलाई अफगानिस्तानबाट उद्धार गरिएको छ । अझै पनि हजारौं मानिसहरु काबुल विमानस्थलमा उद्धारको प्रतीक्षामा छन् ।

    ३१ अगष्ट (भदौ १५ गते) भित्र काबुल छाड्न चाहनेहरु सबैलाई उद्धार गरिसक्ने योजना अमेरिकाको छ । तालिबानले उनीहरुलाई फर्किन ३१ अगष्टसम्मको समयसीमा दिएको छ ।

    तालिबान विरोधी समूहले अफगानिस्तानमा आक्रमण गर्न सक्ने भन्दै तालिबानले काबुल सहरको सुरक्षा गर्न फतेह फोर्स नामको छुट्टै सुरक्षा दस्ता खटाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह
    बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
    • दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात
    • बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
    • सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
    • एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.