सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार ११:१४ 
  • सिन्धुपाल्चोक, १० भदौ । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागार्इंले जानकारी दिनुभयो ।

    सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागार्इंले बताउनुभयो । बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका सुई लगाउन लागिएको हो । खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ ।

    फरार व्यक्ति १७ वर्षपछि पक्राउ

    सवारी ज्यान मुद्दामा फरार एक जनालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयनअन्तर्गत सवारी ज्यान मुद्दामा धादिङ जिल्ला अदालतको मिति २०६१ पुस १९ गतेको फैसलाले १२ दिन कैद जरिवाना सजाय भई फरार रहेका बाह्रबिसे नगरपालिका–९ बस्ने ३८ वर्षीय विभोर श्रेष्ठलाई बुधबार प्रहरीले चौतारा साँगाचोकगढी–५ स्थित चौतारा बजारबाट पक्राउ गरेको हो ।

    श्रेष्ठलाई पक्राउ गरी कैद जरिवाना असुलउपरका लागि सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरेकामा अदालतले श्रेष्ठलाई बुधबारै जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.