सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जङ्गली जनावरका कारण किसान हैरान


  •    न्युजभित्तो/९ भाद्र २०७८, बुधबार १६:४० 
  • बैतडी, ९ भदौ । बैतडीमा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । बँदेल, बाँदर र दुम्सीले आतङ्क मच्चाएका हुन् । यी जङ्गली जनावरले यहाँका किसानले लगाएका बालीनाली सखाप पार्न थालेका हुन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली तथा अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट गर्न थालेका हुन् ।

    खास गरेर मुख्य खाद्यबालीका रुपमा रहेको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेका हुन् । जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन धौधौ परेको किसानले बताएका छन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि मकैबाली जोगाउन सकस परेको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताए । पाक्नै लागेको मकैलाई जङ्गली जनावरहरुले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नु परेको छ ।

    उनले भने, “जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नु परेको छ, रातमा निद्रा छैन, दिनमा भोक छैन ।” मकैको घोगा लागेको बेलादेखि नै जङ्गली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तामा परेका हुन् । दुम्सीले लगातार रुपमा केही दिनदेखि मकैबाली नष्ट गर्न थालेपछि बँदेल र दुम्सीलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको छ ।

    रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको किसान जयसिंह नाथले बताए । टहरा बनाएर रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन नसकिएको नाथको भनाइ छ । “रातभरि खेतमै बस्नु परेपछि बाजागाजाका साधनहरु टहरोमै लगेर गीत गाएर बस्ने गरेका छौँ,” उनले भने, “आफूहरुले हरेक वर्ष बँदेल धपाउन पहरा बस्ने गरेका छौँ ।,” यसका साथै थाल ठटाउने पनि गर्ने गरेका छन् । बाँदर धपाउन सबै काम छोडेर आफूहरुले मकैको गोठालो लाग्नु परेको स्थानीयवासी वीरेन्द्र धामीले बताउनुभएको छ । बाँदरले मकैबालीसँगै आँप, अनारलगायत फलफूल पनि नष्ट पारेको छ । उनले भने, “बादँरको आतङ्क बढ्दै गएकाले नियन्त्रणका लागि स्थानीय तहले पहल गरिदिनुपर्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.