सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माधव नेपाल यही प्रतिनिधि सभाबाट चुनावी सरकारको प्रधानमन्त्री


  •    न्युजभित्तो/९ भाद्र २०७८, बुधबार १६:५० 
  • काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाउने साहस माधवकुमार नेपालले किन गरे रु ५ दशक बिताइसकेको र आफैले लामो समय नेतृत्व गरेको दल नै फुटाउन उनी तयार हुनुमा केपी शर्मा ओलीको पेलाई मात्र कारण नभएको बुझिएको छ । उनले २०७९ सालमा सरकारकै नेतृत्व पाउने गरी भित्री सहमति भएको विश्वस्त स्रोतले बताएको छ । यसले उनलाई पार्टी विभाजनको जोखिम मोल्न हौसाएको बुझिएको छ ।

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बारम्बार आग्रह गरेर मनाएका नेता नेपालले भद्र राजनीतिक सहमति समेत गरेको बुझिएको छ । जस अनुसार आउँदो आमनिर्वाचन गराउँदा सरकारको नेतृत्व उनले गर्ने विषय छ । यसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि साक्षी रहेको स्रोतले बतायो ।

    २०७९ सालको सुरुमा हुने स्थानीय तहको चुनाव देउवा सरकारले गराउने र त्यसपछि उनले राजीनामा दिएर माधवकुमार नेपाललाई समर्थन गरेर प्रधानमन्त्री बनाउने सहमति विगतमा नै भएको छ । यसकारण आफूलाई नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले साथ दिएमा भविष्यमा बहुमत पुग्ने गरी २९ सांसदसहित माधव नेपाल ढुक्कले बसेका छन् ।

    हाल प्रतिनिधि सभामा रहेका २६७ सांसद रहेकोमा बहुमतका लागि १३४ सांसद आवश्यक पर्छ । काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ गरी ११० पुग्छ । माधव नेपालको साथमा २९ प्रतिनिधि सभाका सांसद रहेकाले बहुमत पुग्छ । त्यतिबेला उपेन्द्र यादवले साथ नदिएपनि केही फरक पर्दैन ।

    स्थानीय चुनावमा अनौपचारिक तालमेल गर्ने सहमति समेत देउवा र प्रचण्डसँग माधव नेपालले गरिसकेका छन् । प्रचण्डसँग औपचारिक तालमेलको कुरा पनि छ । आगामी आमनिर्वाचनमा प्रधानमन्त्री बन्ने र प्रचण्डलगायतका शक्तिसँग तालमेल गरेर चुनावमा नतिजा राम्रो ल्याउने गरी माधव नेपालले रणनीति बनाएको बुझिएको छ ।

    देउवा र प्रचण्डसँगको सहमतिका कारण पनि माधव नेपाल फुटको जोखिम मोल्न तयार भए । आफूनिकटस्थ हस्तीहरु भीम रावल, सुरेन्द्र पाण्डेलगायतले साथ छाड्दा पनि माधव नेपाल कठोर निर्णयका लागि बढ्नुमा यीनै सहमति कारण भएको बुझिएको छ ।

    काँग्रेस महाधिवेशनमा इतर समूहको एकताबाट अप्ठ्यारोमा परेकाले देउवा पनि भद्र सहमतिका लागि तयार भएको बुझिएको छ । रामचन्द्र पौडेल समूहले पनि प्रधानमन्त्री बन्न दबाब दिएको र पदमा पुगेर महाधिवेशन गर्दा सहज हुने भएकाले पनि देउवा अगाडि बढेको बुझिएको छ । अब भद्र सहमति अनुसार राजनीतिक अगाडि बढेमा अर्को वर्षको असारसम्ममा माधव नेपाललाई प्रधानमन्त्रीको कुर्सी मिल्न सक्छ । उनैले चुनावको घोषणा गरेर बढ्न सक्छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह
    • बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
    • दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात
    • बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
    • सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.