सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको अनशन


  •    न्युजभित्तो/९ भाद्र २०७८, बुधबार १४:०१ 
  • काठमाडौं, ९ भदौ । कांग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेलगायत माग गरेका छन् ।

    कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिले सो माग गर्दै मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए भने आजदेखि माग पूरा नभएसम्म रिले अनशन सुरु गरेको काभे्रपलाञ्चोकका सभापति मधु आचार्यले जानकारी दिए ।

    अनशनमा नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, काभे्रका सभापति आचार्य, धादिङका सभापति रमेश धमला, नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष रञ्जीत कर्ण र पूर्व उपाध्यक्ष डिल्लीराम सुवेदी बसेका छन् ।

    यस सन्दर्भमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताको सहमतिमा नै क्रियाशील सदस्यताको सबै निर्णय गरिसक्नुभएको र सो कार्य कार्यान्वयनको चरणमा गएको बताए ।

    सभापति देउवाले निर्धारित समयमै अधिवेशन गराउन वरिष्ठ नेता पौडेलको सहमतिमा निर्णय गर्नुभएको र जिल्ला सभापतिका माग पनि स्वीकार भइसकेको सन्दर्भमा अनशन किन भनी उनले प्रश्न गरे ।

    सोमबार राति कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङग््याइ अन्तिम रुप दिएको थियो । नेताहरु कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखकसहितको कार्यदलले क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्यसम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बुझाएका थिए ।

    पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँरनगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन अगामी असोज ५ गते हुनेछ ।

    यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.