सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब फेसबुकको मुख्य एपबाटै भिडियो कल, मेसेन्जर नचाहिने


  •    न्युजभित्तो/९ भाद्र २०७८, बुधबार १२:१० 
  • काठमाडौं, ९ भदौ । कोरोना भाइरस महामारी सुरु भएसँगै विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्नुका साथै भिडियो कलिङ एपका प्रयोगकर्ता पनि ह्वात्तै बढे ।

    लकडाउनका कारण भौतिक उपस्थितिमा सञ्चालन हुन नसकेका धेरै कार्यालयहरुमा छलफल तथा बैठकहरु समेत अनलाइनमा भिडियो कलिङका माध्यमबाट हुने गरेका छन् । भिडियो कन्फ्रेन्सिङका लागि सुरुमा जुमले अत्यधिक लोकप्रियता पायो र पछि माइक्रोसफ्ट टिम्स, गुगल मीट जस्ता एपहरु पनि विभिन्न फिचरहरुका साथ लञ्च भए ।

    भिडियो कलिङको उच्च मागलाई ध्यानमा राख्दै फेसबुक लगायतका सोसल मिडिया कम्पनीहरुले पनि आफ्ना मेसेजिङ तथा कलिङ एपहरुमा एकपछि अर्को गर्दै नयाँ–नयाँ फिचरहरु थप गर्दै लगेका छन् । फेसबुक कम्पनीले पनि आफ्नो ह्वाट्सएप तथा मेसेन्जर एपमा भिडियो कलिङका लागि विभिन्न नयाँ फिचरहरु थप गरिरहेको छ ।

    हालसम्म फेसबुकले ह्वाट्सएप र फेसबुक मेसेन्जरमा भ्वाइस तथा भिडियो कलिङ फिचर उपलब्ध गराउँदै आएको छ । तर अब कम्पनीले फेसबुकको मुख्य एपबाटै भिडियो तथा भ्वाइस कल गर्न सकिने सुविधा दिने भएको छ । अर्थात् अब भिडियो कल तथा भ्वाइस कल गर्नका लागि तपाईंले मेसेन्जर डाउनलोड गरिरहनु पर्नेछैन, फेसबुकको मुख्य एपबाटै गर्न सक्नुहुनेछ । यसबाट प्रयोगकर्ताले केबल कल गर्नका लागि मात्रै मेसेन्जर एप डाउनलोड गर्नुपर्ने छैन ।

    समाचार अनुसार फेसबुकको मुख्य एपमै भ्वाइस तथा भिडियो कलिङ फिचरको हाल परीक्षण भैरहेको छ ।

    स्मरण रहोस् फेसबुकले केही वर्षअघि मात्रै आफ्नो मुख्य एपबाट मेसेन्जरलाई छुट्टाएको थियो र मेसेन्जर एपलाई नितान्त मेसेजिङ तथा कलिङ एप बनाएको थियोे । तर अब कम्पनीले पुनः फेसबुकको मुख्य एपमै हटाइएको उक्त कलिङ सुविधाको पुनरागमन गराउँदैछ । यद्यपि भविष्यमा फेसबुकको मुख्य एपमा कलिङ सुविधा मात्र ल्याउने वा मेसेजिङ फिचर पनि थप गर्ने भन्ने विषयमा फेसबुकले केही खुलाएको छैन ।

    फेसबुकका प्रवक्ताले चाहिं फेसबुकको मुख्य एपमा भिडियो तथा अडियो कलिङको सुविधा थप हुन लागेको भए तापनि धेरै खाले फिचर्सका लागि प्रयोगकर्ताले मेसेन्जर एप नै प्रयोग गर्नुपर्ने बताएका छन् । फेसबुकको मुख्य एपमा भ्वाइस तथा भिडियो कलिङ फिचरको पुनरागमन हुने पक्कापक्की भए पनि एकिन मिति चाहिं खुलासा भएको छैन ।

    फेसबुकले गत हप्तामात्रै नयाँ भर्चुअल रियालिटी रिमोट वर्क एप सार्वजनिक गरेको थियो । जसमा प्रयोगकर्ताले कुनैपनि मिटिङमा आफ्नो साटो कुनै भर्चुअल अवतारको प्रयोग गर्न सक्दछन् ।

    –एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.