धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक जना घाईते
चितवन, ८ भदौ । धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक जना घाईते भएका छन् ।
माडी नगरपालिका वडा नम्बर ९ वगही मा बाघको आक्रमणबाट स्थानीय ५५ वर्षिय प्रेम बहादुर वि.क. घाईते हुनु भएको हो । आज दिउँसो धान गोड्ने क्रममा १ वजे उनलाई बाघले आक्रमण गरेको हो । आक्रमणमा परि घाईते बि.क.को बघौडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनएको छ । घमइतेको अबस्था मध्येम रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया











