सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दिगो विकास लक्ष्य प्राप्ति गर्न राजनीतिक नेतृत्वलाई ढाँचा बदल्न सुझाव


  •    न्युजभित्तो/८ भाद्र २०७८, मंगलवार १६:२८ 
  • काठमाडौं,८ भदौ । राष्ट्रिय योजना आयोगले अहिलेकै तौरतरिका र ढाँचाबाट अघि बढेमा मुलुकको दिगो विकास लक्ष्य प्राप्तिमा कठिनाइ हुने जनाउ दिएको छ । योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले दिगो विकास लक्ष्य प्राप्तिमा राजनीतिक नेतृत्वले अहिले अभ्यासमा रहेको काम गर्ने तरिका र ढाँचाबाट अघि बढ्न खोजेमा त्यो सम्भव नहुने सुझाव दिनुभयो ।

    दिगो विकास लक्ष्य प्राप्तिमा भएका उपलब्धिबारे संसदीय समितिलाई जानकारी दिदैँ उहाँले भन्नुभयो, “संवेदनशील र जिम्मेवार भएर काम गर्ने राजनीतिक नेतृत्वका लागि अवधिक निर्वाचनमा सफलताका लागि ठूलो अवसर छ ।

    ” संयुक्त राष्ट्रसङ्घले सन् २०१५ सेप्टेम्बरमा २०१६ देखि २०३० सम्ममा विश्वको रुपान्तरण र विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछोड्ने प्रतिबद्धताका साथ दिगो विकासका लक्ष्य घोषणा गरेको थियो । उक्त घोषणमा १७ वटा लक्ष्य, १६९ वटा परिमाणात्मक लक्ष्य र २३२ विश्वव्यापी सूचकांक निर्धारण गरिएका छन् । दिगो विकास लक्ष्यमा सामाजिक, आर्थिक र पर्यावरणीय आयाम छन् ।

    आयोगले भनेको छ, “आफ्नो कार्यकालमा आम नागरिकको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्षम राजनीतिक दलको नेतृत्व आवधिक निर्वाचनमा पुन ः निर्वाचित भएर आउन सक्ने अनुमान र अध्ययन पनि छ ।”

    राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिमा आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले मुलुकमा सडक पूर्वाधार निर्माणमा राज्यको क्षमता कमजोर रहेकाले राजनीतिक नेतृत्वको दीर्घकालीन सोच, कर्मचारीमा सुझबुझपूर्ण योजना निर्माण, ठेकेदारमा समय सीमाभित्र गुणस्तरीय निर्माण गर्ने प्रणाली विकसित हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

    दिगो विकास लक्ष्यको कार्यान्वयनका सबै रणनैतिक योजना र परिचालनका क्रियाकलामा संलग्न सबै संस्था र सङ्गठनमा नवप्रवद्र्धन गर्न सक्ने नेतृत्व र व्यवस्थापन आवश्यक रहेको जनाउँदै आयोगले राजनीतिक नेतृत्वबाट मात्र त्यस्तो काम सम्भव हुने निष्कर्ष निकालेको छ । आयोगले भनेको छ, “राजनैतिक नेतृत्वले आम नागरिकलाई कुनै पनि विषयका लागि एउटा ठाँउमा ल्याउन र रचनात्मक सहभागितालाई प्रोत्साहन गर्न तथा अनिश्चितता र अराजकता हुन नदिन प्रयत्न गर्छ ।”

    विश्वका सबै राष्ट्रमा सहभागितामूलक, अधिकारमुखी र समतामूलक विकास गरी गरिबी र भोकमरी अत्य गर्ने तथा सबैलाई स्वास्थ्य एवं शिक्षा पु¥याउने, लैङ्गिक समानता, सबैका लागि स्वच्छ पानी, सबैमा ऊर्जाको पहँुच, गोजगारी प्रवद्र्धन, आर्थिक वृद्धि, उद्योग, पूर्वाधार विकास र दिगो शहरीकरणजस्ता विषय पनि उक्त लक्ष्यमा समेटिएको छ ।
    बैठकमा समितिका सदस्य वामदेव गौतमले दिगो लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा राष्ट्रिय सभाले केकस्ता काम र भूमिका निर्वाह गर्न पर्ने हो त्यसका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

    अर्का सदस्य दिननाथ शर्माले इच्छाशक्ति, राज्यशक्ति, श्रम र पैसा हुँदा समेत विकास र पूर्वाधार निर्माणमा लक्ष्य नभेटाउनु भनेको राष्ट्रप्रतिको समपर्ण र क्षमताको कमी त होइन भनी जिज्ञासा राख्नु भयो । उहाँले भन्नुभयो, “अर्थ र राजनीतिक एक–अर्काका पुरक हुन्, हाम्रा सडकसँग गाउँका उत्पादनलाई जोड्न सक्नुपर्छ, हाम्रो शिक्षा जागिर र विदेश यात्रासगँ सीमित भएकाले उत्पादनसँग जोड्न सकिए, तीन तहका सरकारबीच समन्वयको संयोजन गर्ने कार्यमा राष्ट्रिय योजना आयोगले भूमिका खेलोस् । सभापति तारादेवी भट्टले दिगो विकासका लक्ष्य प्राप्तिका लागि आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयनको लेखाजोखा गर्ने मामिलामा प्रभावकारी भूमिका खेल्न सकोस् भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.