सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौं उपत्यकामा राति ८ बजेपछि पनि गाडी चलाउन पाइने


  •    न्युजभित्तो/८ भाद्र २०७८, मंगलवार १५:४० 
  • काठमाडौं,८ भदौ । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटेको छ ।

    काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने गरी यसअघि गरेको व्यवस्था हटाएको हो ।

    साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख थियो ।

    भदौ ८ देखि १६ गतेसम्मको निषेधाज्ञामा भने यो व्यवस्था हटाइएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए । रातिको समयमा मात्र सवारी साधन सञ्चालनमा गरिएको कडाइले कोरोना महामारी नियन्त्रण नहुने भन्दै प्रशासनको आदेशको आलोचना भएको थियो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.