सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


  •    न्युजभित्तो/८ भाद्र २०७८, मंगलवार १५:२८ 
  • जलेश्वर, ८ भदौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका– १ मरधरका ३२ वर्षीय धनपैत महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । सोही दुर्घटनामा परी सर्लाही हरिवन नगरपालिका– २ अतरौलीका नवीन महतो गम्भीर घाइते भएका छन् ।

    गएराति करिब ८ बजे ज४प २७०० नं को मोटरसाइकलमा चढी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुवै जनालाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ख ८८०० नं को तेल बोकेको ट्याङ्करले बर्दिबास नगरपालिका– ११ स्थित लक्ष्मिनिया चोक नजिकै ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए ।

    दुवै जनालाई राति नै उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा ल्याइएकोमा धनपैतको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । नवीनलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोे प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.