सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फोहर व्यवस्थापन नहुँदा वाग्मती प्रदूषित बन्दै


  •    न्युजभित्तो/८ भाद्र २०७८, मंगलवार १३:५२ 
  • काठमाडौं,८ भदौ । प्रदेश २ कै धार्मिक तथा पर्यटकीयस्थल नूनथर प्रदूषित बन्दै गएकोे छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित उक्त स्थललाई नूनथर क्षेत्र विकास समितिले नै संरक्षण, प्रवद्र्धन र सञ्चालनमा चासो नदिँदा दिनदिनै यहाँ उत्सर्जित फोहरले प्रदूषण बढाएको हो ।

    घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक, तीर्थालु, पिकनिक मनाउनेहरूले फालेका र होटलबाट निस्कने फोहर व्यवस्थापन नगर्दा उक्त स्थानका साथै नजिकैको वाग्मती नदी पनि प्रदूषित भएको छ । अहिले नदी किनारमा प्लाष्टिकका खोल, पेय पर्दाथका खाली बोतल देखिन्छन् ।

    भगवान् शिव–पार्वतीको आस्थाको धरोहर बनेकोे नूनथर र नदीमा फोहर बढ्नु दुःखद् भएको वडा नं १ का अध्यक्ष वीरबहादुर राखालले बताउनुभयो । रौतहट, सर्लाही, मकवानपुर र सिन्धुलीको सङ्गमस्थल बनेको यो स्थललाई प्रकृतिले नै श्रृङ्गारेकाले स्थानीयवासीका साथै छिमेकी जिल्ला र भारतबाट पनि ठूलो सङ्ख्यामा पर्यटक आउने गर्दछन् । अहिले यहाँ आउने पर्यटक फोहर देखेर खिन्न हुन थालेका छन् । नूनथर पार्कभित्र फोहर सङ्कलनका लागि केही डस्बिन राखिए पनि त्यसको सदुपयोग भएको छैन् ।

    फोहर व्यवस्थापन नभए नूनथर क्षेत्रको सुन्दरताका साथै वाग्मती सभ्यतामा पनि असर गर्ने नेपाली काँग्रेस रौतहट क्षेत्र नं ४ का सचिव विनोद गुप्ताले बताउनुभयो । यहाँको महत्व र सौन्दर्यलाई जोगाइ राख्न आफूहरूले पहल गर्ने समितिका अध्यक्ष रामकुमार भट्टराईले जोड दिनुभयो । साउन महिनामा बोलबम आउने तीर्थयात्री र आन्तरिक तथा बाह्य पर्यटक वृद्धिले सो समयमा फोहर व्यवस्थापन गर्न नसकिएकामा अब छिटै गरिने र यसका लागि योजनावद्ध रूपमा काम अघि बढाइएको उहाँको भनाइ थियो ।

    कुहिने फोहरलाई ठूलो खाडल खनेर जम्मा गर्ने र नकुहिने फोहोरलाई एक ठाउँमा सङ्कलन गरेर व्यवस्थापन गर्ने तयारी भइरहेको समितिका व्यवस्थापक समीर कार्कीले बताउनुभयो । फोहर टिप्ने कर्मचारी पनि राखिएको र अहिले देखिएका समस्या दीर्घकालीनरूपमा समाधानका लागि योजनावद्ध रूपले समिति अघि बढिरहेको पनि उहाँको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.