सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीसीएमसी र उपत्यकाका सीडीओको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी


  •    न्युजभित्तो/८ भाद्र २०७८, मंगलवार ११:४६ 
  • काठमाडौं,८ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न लम्ब्याउन आज सीसीएमसी र उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरूको बैठक बस्ने भएको छ। निषेधाज्ञाबारे निर्णय गर्न अहिले डीसीसीएमसीको बैठक बसिरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

    पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञालाई निरन्तरता दिइने उनको भनाइ छ। ‘अहिले डीसीसीएमसीको बैठक बसिरहेको छ,’ सीडीओ पराजुलीले भने, ‘केही समयपछि सीसीएमसी र सीडीओहरुको बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ।’

    डीसीसीएमसीले गरेको प्रस्तावका आधारमा निषेधाज्ञाको मोडालिटीबारे छलफल हुने उनले जानकारी दिए। आज बस्ने सीसीएमसीको बैठकले पछिल्लो साताको संक्रमणदर र मृत्युदरको समीक्षा गर्ने र थप निर्णय गर्ने उनको भनाइ छ।

    पछिल्लो साता थप गरिएको निषेधाज्ञामा सरोकारवाला निकायसँगको छलफलबाट राति ८ बजेपछि अत्यावश्यक बाहेकका सबै किसिमका सवारी साधन चल्न रोक लगाइएको थियो। पछिल्लो साता थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।

    काठमाडौं उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा विस्तारै खुकुलो बनउँदै लगिए पनि सिनेमा हल, जिमखाना, विद्यालय, मठमन्दिरलगायत सार्वजनिक स्थलमा निषेधाज्ञा कायमै छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.