सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस भन्छिन् -इन्डोप्यासेफिक रणनीति कुनै मुलुकविरुद्ध लक्षित छैन


  •    न्युजभित्तो/८ भाद्र २०७८, मंगलवार ११:२१ 
  • काठमाडौं,८ भदौ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले चीनतर्फ संकेत गदै इन्डोप्यासेफिक रणनीतिक कुनै एक मुलुकविरुद्ध लक्षित नरहेको बताएकी छन् । चीनले सो रणनीति आफूविरुद्ध रहेको बताइरहेको बेला उनको सो अभिव्यक्ति आएको छ ।

    एसिया प्रशान्त क्षेत्रको पहिलो भ्रमणका क्रममा सोमबार सिंगापुर पुगेकी ह्यारिसले इन्डोप्यासेफिक रणनीति कुनै एक मुलुक छनौट गर्नका लागि लक्षित नभएको उल्लेख गरिन् ।

    विशेषत यस क्षेत्रका मुलुकले अमेरिका वा चीनमध्ये एक रोज्नुपर्ने बाध्यता आइपरेको भनी बहस भइरहेको समयमा अमेरिकी उच्च नेतृत्वबाट यस्तो अभिव्यक्ति आएको हो ।
    सिंगापुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले इन्डोप्यासेफिक क्षेत्र आफूहरुको लागि निकै महत्वपूर्ण क्षेत्र भएको समेत बताइन् ।

    ‘हाम्रो मुलुकको सुरक्षा र समृद्धिको लागि निकै महत्वपूर्ण छ । हाम्रा महत्वपूर्ण साझेदार र मित्रहरु यस क्षेत्रमा छन्’ ह्यारिसले भनिन्,’यस क्षेत्रको स्थायित्व र शान्तिको लागि हामीले स्पष्ट भिजन अगाडी सारेका छौ ।’

    उनले यो क्षेत्रमा मानव अधिकारको रक्षाको लागि काम गरिरहेको समेत उल्लेख गरेकी छन् । एसिया क्षेत्रमा अमेरिकाको भिजनलाई अझ जोडतोडका साथ उठाउन आफू सिंगापुरको भ्रमणमा आएको समेत उनले बताइन् । अमेरिकाले खुला र स्वतन्त्र इन्डोप्यासेफिकको पक्षमा आफूहरु उभिएको र यसले अमेरिका र क्षेत्र क्षेत्रमा मुलुकहरुको चासो सम्बोधन गर्ने बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.