सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केपिलासगढीमा नेकपा (एकीकृत समाजवादी)को दुई सङ्गठन गठन


  •    न्युजभित्तो/८ भाद्र २०७८, मंगलवार १०:२६ 
  • खोटाङ, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले केपिलासगढी गाउँपालिकामा युवासङ्घ र पिपुल भोलेन्टियर्सको गाउँपालिका कमिटी गठन गरेको छ । केपी ओली नेतृत्वको नेकपा (एमाले)बाट विभाजन भएर माधव नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीले सोमबार अविषेक राईको संयोजकत्वमा ६३ सदस्यीय युवासङ्घ नेपाल र इन्जु राईको संयोजकत्वमा ४५ सदस्यीय पिपुल भोलेन्टियर्स गाउँपालिका कमिटी गठन गरेको हो ।

    नवगठित दुवै कमिटीका पदाधिकारीलाई एकीकृत समाजवादी खोटाङका सचिव जलशेर राईले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ । नवगठित कमिटीका पदाधिकारीलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुहुँदै पार्टीका जिल्ला सचिव राईले अब जिल्लाका सबै स्थानीय तहमा पार्टी कमिटी तथा भातृ सङ्गठन गठन गरेर पार्टीका गतिविधि अगाडि बढाउने बताउनुभएको छ ।

    एकीकृत समाजवादी खोटाङका सचिवालय सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राई, युवा सङ्घका जिल्ला अध्यक्ष पवन श्रेष्ठलगायतको उपस्थितिमा गठन गरिएको कमिटीका पदाधिकारीले दुई घण्टा बाक्सिला बजारको सरसफाइसमेत गरेको छ । हरेक महिनाको दुई दिन दुई घण्टा ‘मेरो राष्ट्रका लागि’ अभियान सञ्चालन गर्ने सङ्गठनको केन्द्रीय नीतिअनुसार जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरिने युवा तथा खेलकुद विभाग प्रमुख राईले बताउनुभयो ।

    सरकारले अध्यादेश ल्याएसँगै एमाले विभाजन भएर केन्द्रमा नेपाल नेतृत्वको नयाँ पार्टी गठन गरेर आधिकारिकता नपाउँदै जिल्लामा एकीकृत समाजवादीले पार्टी कमिटी गठनको काम सुरु गरेको छ । केन्द्रमा औपचारिकरूपले पार्टी विभाजन भएलगत्तै जिल्लामा बसेको जिल्ला कमिटीको बैठकले नेताहरूबीच औपचारिकरूपमा कार्य विभाजन गरेर सबै स्थानीय तहमा पार्टी कमिटी तथा भातृ सङ्गठन निर्माणको काम शुरु गरिएको जिल्ला सचिव राईले बताउनुभयो । केन्द्रमा एमाले विभाजन भए पनि १० स्थानीय तह रहेको जिल्लामा अधिकांश जनप्रतिनिधि एकीकृत समाजवादीमा देखिएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.