सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तरराष्ट्रिय विमानस्थलको बदलिँदोस्वरुप


  •    न्युजभित्तो/७ भाद्र २०७८, सोमबार १५:४५ 
  • काठमाडौँ, ७ भदौ । परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए) को स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । यदि कोभिड–१९ महामारी नभइदिएको भए अन्तरराष्ट्रिय विमानस्थल एक वर्ष अघिनै बुटिक विमानस्थलको रुपमा रुपान्तरण भइसकेको हुन्थ्यो ।

    सरकारले एक मात्र अन्तरराष्ट्रिय विमानस्थललाई अघिल्लो वर्ष वैशाख १ गते बुटिक विमानस्थलको रुपमा घोषणा गर्ने तयारी थियो । तर, कोभिड महामारीका कारण सन् २०२० का लागि घोषित नेपाल भ्रमण वर्ष पनि स्थगित भयो भने सँगै बुटिक विमानस्थलको कामले पनि पूर्णता पाउन सकेन । अहिले महामारीकै बीच बुटिक विमानस्थलको रुपमा रुपान्तरणका लागि धमाधम काम भइरहेको छ जसका लागि आवश्यक संरचना निर्माण, साजसज्जा तथा सौन्दर्यकरणका काम जारी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँले विमानस्थलको बुटिक अवधारणाअनुरुप काम अघि बढाइनुका साथै क्षमता विस्तारको काम चलिरहेको बताउनुभयो । “टर्मिनलमा फ्लोरिङको काम परिवर्तन भइसकेको छ, अब हामी वास्तविक बुटिक एयरपोर्टको स्वरुप परिवर्तन गर्ने गरी अघि बढेका छौँ, सरसफाइको स्तर, यात्रुलाई दिने सुविधा र सुरक्षाको प्रत्याभूति हुनेगरी सेवालाई स्तरीकरण गर्ने क्रममा छौँ”, महाप्रबन्धक तिवारीले भन्नुभयो ।

    बुटिक विमानस्थलका लागि पहिला गरिएका काम प्रभावकारी हुन नसकेको र अहिले वास्तविक परिणाम देखिने गरी काम भएको उहाँको दाबी छ । अहिले विमानस्थलमा भिडभाड कम भएकाले पनि विमानस्थलको सुधार र संरचाना निर्माण सहज भएको बताइन्छ । विमानस्थलको स्वरुप र संरचना परिवर्तनसँगै क्षमता विस्तार र सेवा स्तरिकरणका काम पनि भइरहेको छ ।

    अन्तरराष्ट्रिय टर्मिनल भवन बाहिर छानो राख्ने ‘क्यानोपी’ को काम करिब अन्तिम चरणमा पुगेको छ । यात्रु प्रस्थान कक्षमा सुविधा सम्पन्न हल तथा यात्रुको लगेज छिटोछरितो बनाउन ‘कन्भेयर बेल्ट’ थपिएको छ । पहिला चार वटा रहेकामा हाल थप दुई वटा गरी छ वटा बनाइएको छ । यसले विदेशबाट फर्किने यात्रुले छिटो भन्दा छिटो लगेज पाउनेछन् । अन्तरराष्ट्रिय टर्मिनल अगाडि आकर्षक पानीको फोहरा ९वाटर फाउनटेन० बनाउने काम पनि अन्तिम चरणमा रहेको विमानस्थलले जनाएको छ । अन्तरराष्ट्रिय यात्रु बाहिरिने आकर्षक भवनले विदेशी विमानस्थलको झल्को दिन्छ । व्यवस्थित पार्किङ आदि सुधारको काम भएको छ । आन्तरिकतर्फ पनि सेवा स्तरीकरण र क्षमता विस्तारको काम चलिरहेको छ ।

    बदलिँदोस्वरुप

    जहाजबाट ओर्लेपछि आगमनतर्फ अघि बढ्दा टर्मिनल भवन छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ । प्रवेश विन्दुको दाँयाबायाँ भित्तामा मुलुकको पहिचान र परम्परागत कलासंस्कृति झल्कने आकर्षक पोष्टरले सजाइएको छ । शाक्यमुनि गौतमबुद्धको मूर्तिको छुट्टै आकर्षण छ । सर्वोच्च शिखर सगरमाथादेखि तराईका विविध सांस्कृतिक सम्पदाको झलकसहितको तस्बीरले यात्रुको ध्यान आकर्षित गर्छ । आधुनिक कलात्मक काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रुप दिने प्रयास भइरहेको महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो ।
    टर्मिनल भवनको भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फुल, पुरातात्विक महत्वका सम्पदा, मठ, मन्दिर आदि झल्कने विविध तस्बिरले पाहुनालाई मोहित तुल्याउँछ । ‘कुइरे’ पाहुना अच्चममा पर्छन् अनि उत्साहित हँुदै अनगिन्ती प्रश्न सोध्न थाल्छन् । विमानस्थलको बदलिँदो यथार्थको यो चित्रणले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थले मुलुकको पहिचानलाई पनि थप प्रवद्र्धन गरेको छ ।
    अन्तार्राष्ट्रिय यात्रुको प्रवेश विन्दुको रुपमा रहेको विमानस्थलले मुलुकको झझल्को दिन्छ । देशको ऐनाको रुपमा रहेको विमानस्थलको बदलिँदोस्वरुप र थपिएका सेवा सुविधाले विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलकोस्तरमा परिणत गर्न सफल भएको सम्बन्धित अधिकारीको भनाइ छ ।

    पछिल्लो समय विमानस्थको रुप फेरिएको छ । यात्रुले केही फरक अनुभूति गर्नेछन् । किनकि विमानस्थलको भित्री रुप लोभलाग्दो गरी सुधारिएको छ । बाहिर पनि आकर्षक ढङगले सजाइँदैछ । त्रिभुवन विमानस्थलमा आउने हरेक विदेशी पर्यटक विमानस्थलमा आइपुग्ने वित्तिकै यहाँको सुन्दरता, नेपाली कला कौशल, स्वागत सत्कार, विमानस्थलको वरिपरी नेपाल चिनाउने दृश्य र नेपाली कलाकौशलका सामग्रीको प्रदर्शनीसहितको गतिविधि देख्न पाउने छन् ।

    विमानस्थलको स्तरोन्नतिका साथै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाइ पर्यटकलाई आकर्षण गर्ने गरी स्वरुप फेर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डनयन मन्त्रालय र मातहत निकाय लागि परेका छन् । अघिल्लो सरकारले टिआइएलाई परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी छिट्टै बुटिक विमानस्थलमा रुपान्तरण गर्ने घोषणा गरेको थियो ।

    अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाटै पर्ने भएकाले विमानस्थलको स्वरुप बदल्न लागि परेको महाप्रबन्धक तिवारीले बताउनुभयो । हालकै संरचनालाई नेपालीपन झल्काउने गरी ‘बुटिक एयरपोर्ट’ बनाउने सोच अनुरु काम भइरहेको छ ।

    यसबाहेक नेपालको स्वागत परम्परा, बढी प्रयोग हुने वस्तु, तस्बिर र काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रुप दिने प्रयास गरिएको छ । विमानस्थल प्रवेशका लागि मुख्यद्वार ९गोल्डेन गेट० बाट प्रवेश मात्र गर्न पाइनेछ भने फर्कदा नवनिर्मित ट्याक्सी पार्किङ क्षेत्रको गेटबाट बाहिरिने व्यवस्था गरिएको छ । विमानस्थलको शौचालय सफा देखिन्छन् । विमानस्थल परिसरमा पहिला व्यापारिक होर्डिङ बोर्ड हुन्थे तर अहिले नेपालको कला, संस्कृति र पहिचान झल्कने तस्बिर राखिएको छ ।

    बुटिक विमानस्थलको अवधारणाअनुरुप परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी विमानस्थलको रङ्गरोगन तथा सजावटको काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमले नेपालको विमानस्थल बुटिकको रूपमा घोषणा गरिएको संसारकै पहिलो विमानस्थल हुने बताउनुभयो । उहाँले भन्नुभयो,“विश्वमा बुटिक विमानस्थल भनेर घोषणा गरेको कही पाइएको छैन, नेपालको विमानस्थल पहिलो हुन्छ ।”

    बुटिकको अर्थ सङग्रहालय होइन । प्राचीनता झल्कने कला कृति मात्र नभइ व्यवहार पनि नेपालीपन झल्कने हुनुपर्छ । बुटिकको साजसजावटका साथै जनशक्ति पनि सोही अनुरुपको व्यवस्था गरिने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले हवाईसेवा सञ्चालन गर्दै आएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.