सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१३ औं सागमा अनियमितता, खेलकुद सामाग्रीमा दर भन्दा ६ गुणा बढी खर्च


  •    न्युजभित्तो/६ भाद्र २०७८, आईतवार १६:२८ 
  • काठमाडौं,६ भदौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा विभिन्न शीर्षकमा अनियमितता भएको पाइएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन सर्वाजनिक हुँदा १३ औं सागको खेल सामाग्री खरिद गर्दा आर्थिक अनियमिता भएको उल्लेख गरिएको छ ।

    महालेखाको प्रतिवेदनमा खेलकुद सामग्रीमा खरिद, पोशाक र टेलिभिजन राइट्समा अनियमिता भएको देखिएको हो। प्रतिवेदनका अनुसार खेलकुद सामाग्री खरिदमा प्रचलित दर रेट भन्दा भन्दा ६ गुणा भन्दा बढी सम्म खर्च भएको छ ।

    सागका लागि अर्थ मन्त्रालयले १ अर्ब ९५ करोड उपलब्ध गराएको थियो। जसमा १ अर्ब १ करोड ३२ लाखको खेलकुद समाग्री र २ करोड ७८ लाख को अन्य सामग्री खरिद गरिएका थियो। खरिदका लागि प्रतिस्पर्धा सीमित गर्ने गरि खरिद कार्य गर्नु उपयुक्त नदेखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

    लागत अनुमान स्वीकृत भएका केही खेलकुद सामग्रीको नमूना परीक्षा गर्दा कबड्डी म्याटको सामान्य बाजर दर १ हजार ७ सय रहेकोमा ३ हजारको लगात अनुमान तयार गरेको, इलेक्ट्रोनिक स्कोर बोर्डको सामान्य बजार दर २५ हजार रहेकोमा १ लाख ५० हजारको लागत अनुमान तयार गरेको, बक्सिङ ग्लोभ्सको सामान्य बजार दर ३ हजार ८ सय ५० रहेकोमा १५ हजारको अनुमान तयार गरेकाले लागत अनुमान यथार्थपरक नरहेको कार्यालयको भनाइ छ।

    खरिद गरेको खेल सामग्रीको ब्रान्ड, कम्पनी, उत्पादन भएको देश, आयत भएको देश लगायतको स्पेसिफिकेसन नखुलाइ आपूर्तकले बिल पेस गरेको र सोही आधारमा परिषदले जिन्सी दाखिला गरेको हुँदा निर्धारित गुणस्तर सामान प्राप्त भएको सुनिश्चित गर्न नसकिने प्रतिवेदनमा लेखिएको छ।

    सम्बन्धित खेल संघले लागत अनुमान समितिमा निर्धारण भएको संख्याको आधारमा २३ करोड ४ लाख बराबरको खेल सामग्री मुख्य प्रशिक्षकका अध्यक्षरमहासचिवबाट स्वीकृत माग फाराम आपूर्तक फर्मले सिधै खेल स्थलमा आपूर्ति गर्ने र सोही अनुसार सम्बन्धित खेल संघका पदाधिकारीले सामान बुलिएको प्रमाणको आधारमा जिन्सीमा आन्दानी बाँधी सो बराबर जिन्सी खर्च जनाएका कारण खरिद गरिएका मालसामान मौज्दात रहेको देखिँदैन।

    जसले गर्दा सम्पूर्ण खेल सामग्री तोकिएका गुणस्तर र परिमाणमा प्राप्त भई खेल स्थलमा नै प्रयोग भएको सुनिश्चितता हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। होटल तथा मोटल सञ्चालन गर्ने गरी उद्योग विभागबाट दर्ता भएको एक बिक्रेताले पेस गरेको प्रस्ताव सदस्यसचिवबाट २०७६ कात्तिक २५ मा स्वीकृति भए बमोजिम सोहि मितिमा उक्त बिक्रेतासँग खरिद सम्झौता भएको थियो।

    सम्झौता अनुसार ह्यान्डबल म्याट १ सेट, भलिबल म्याट १ सेट, स्पोर्ट्स किट्स २ हजार ५ सय सेट, मस्कट ५ सय थान र टेबल टेनिस म्याट १ लगायतका सामग्रीहरू ५ करोड ७ लाख ५० हजार खरिद गर्ने र विभिन्न ७ प्रकारका ४ करोड ८१ लाख ३० हजार बराबरको सामानहरू अनुदानस्वरूप प्राप्त गर्ने गरी सम्झौता भएको देखिन्छ।

    खेलकुद प्रतियोगिता समाप्त हुँदासम्म प्रतिसेट १२ हजार रूपैयाँका दरले हुने २ करोड ४ लाख ८४ हजा रूपैयाँका सामान प्रयोग नहुँदा आवश्यकताभन्दा बढी बजेट खर्च भएको देखियो। सागमा सहभागी हुने स्वेदशी ९खेलाडी, प्रशिक्षक र व्यवस्थापक० टिमहरूलाई कार्यकारी समितिले तोकेअनुसार पोशाक उपलब्ध हुने व्यवस्था थियो।

    उक्त व्यवस्थाअनुसार सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापक समेत ७१५ र सदस्यसचिव स्तरीय निर्णयबाट आयोजक समितिका पदाधिकारी, विषयगत समितिका पदाधिकारी, विशिष्ट व्यक्ति र कर्मचारी समेत गरी ३९३ समेत जम्मा १ हजार १ सय ८ जनलाई ब्लेजर, दौरा, सुरूवाल, सारी, ब्लाउज र मोनोग्राम उपलब्ध गराउने निर्ण भए अनुसार एक आपूर्तकबाट ९६ लाख ८२ हजारको पोशाक खरिद गरिएको थियो।

    निर्देशिका अनुसार खेलकुदमा सहभागी खेलाडी, अफिसियल, प्रशिक्षक र व्यवस्थापकलाई मात्र पोशाक उपलब्ध गराउनु पर्नेमा सदस्यसचिवको निर्णयबाट ३९३ पदाधिकारी, कर्मचारी र विशिष्ट व्यक्तिलाई समेत पोशाक उपलब्ध गराउने निर्णय गर्दा ३३ लाख ६८ हजार थप व्ययभर परेको छ।

    १३औं साग सञ्चालन गर्न नेपाल सरकारबाट प्राप्त भएको रकम मध्ये आर्थिक वर्षको अन्त्यमा ७ करोड ७७ लाख खर्च नभइ बाँकी रहेकाले उक्त रकम संघीय संचितकोषयमा दाखिला हुनु पर्ने प्रतिवेदनमा उल्लेख छ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.