सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिवानीको दुखेसोः ‘देशका लागि खेले, तर नागरिक बन्न सकिन’


  •    न्युजभित्तो/६ भाद्र २०७८, आईतवार १३:३६ 
  • महेन्द्रनगर, ६ भदौ । कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता पाउन मुस्किल भइरहेको दुखेसो पोख्नुहुन्छ ।

    शिवानीका बाबु भारतीय नागरिक हुनुहुन्छ भने आमा नेपाली । विसं २०५६ सालमा डडेल्धुराकी राधिका रोकासित विवाह गरेपछि शिवानीका बुवा राजु दुबे नेपालमै बस्दै आउनुभएको छ । डडेल्धुराको तुफानडाँडाबाट विवाह गर्नुभएका राजु पनि कुस्तीका राष्ट्रिय खेलाडी हुनुहुन्छ ।

    केही समयपछि नर्वेमा हुने कुस्ती च्याम्पियनसीपका लागि खेलाडी छनोटको तयारी हुँदा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेकी शिवानी निराश हँुदै फर्किनुभएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ खैरेनी बस्दै आएका दुबे परिवार महेन्द्रनगरमा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् ।

    “खेलाडी राष्ट्रका गहना हुन, देशको शिर उचो बनाउने काम खेलाडीबाट पनि हुन्छ”, शिवानीका बाबु राजुले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरमा समेत छोरीले देशका लागि पदक दिलाउँदा पनि नागरिकताका लागि यस्तो दुखः भयो ।” आमा राधिकाको नागरिकताका आधारमा आफूले पनि नागरिकता पाउनुपर्ने शिवानीको भनाइ छ ।

    कुस्तीकी कम उमेर समूहकी खेलाडी शिवानी पन्ध्र वर्षको उमेरदेखि राष्ट्रिय प्रतियोगितामा पदक जित्दै आउनुभएएको छ । १३औंँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० का ५३ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी शिवानी फाइनलमा भारतीय खेलाडी पिङ्की सेरावतसित पराजित हुनुभएको थियो ।

    “अहिलेसम्म कुनै पनि प्रतियोगिताबाट पदकविहीन फर्किनुपरेको छैन”, शिवानीले भन्नुभयो, “ओलम्पिकसम्म पुग्ने मेरो सपना हो ।” उहाँले आफूले आमाको नामबाट पनि नागरिकता पाउने प्रबन्ध रहेको सुनेको बताउनुभयो । बाबु राजुले शिवानीको नागरिकता लागि राष्ट्रिय खेलकूद परिषद्बाट पनि पहल भइरहेको जानकारी दिनुभयो ।

    “डडेल्धुरा जिल्ला प्रशासनले आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन भइनसकेको भनेर फर्काइदियो”, उहाँले भन्नुभयो, “अहिले कुस्ती सङ्घ र राखेपले पनि पहल गरिरहेकाले आशा पलाएको छ ।” राजुका दुई छोरी र एक छोरा छन् । शिवानी जेठी छोरी हुनुहुन्छ ।

    यसअघि पनि क्रिकेटका राष्ट्रिय खेलाडीले नागरिकता पाएको सुनेकाले शिवानीले पनि पाउनुपर्ने उहाँको भनाइ छ । आफू विगत २२ वर्षदेखि नेपालमै बस्दै आएको जनाउँदै राजुले आफूसँग भारतीय कुनै पनि कागजात नरहेको बताउनुभयो ।

    कुस्तीका प्रशिक्षक राजेन्द्रबहादुर चन्दले महिला कुस्तीमा राष्ट्रियस्तरमै कञ्चनपुर अब्बल रहेको बताउनुभयो । “महिला खेलाडी भनेकै अहिले कुस्तीमा हाम्रै खेलाडी हाबी छन्”, उहाँले भन्नुभयो “शिवानी लगनशील र अब्बल खेलाडी हुन् ।” प्रशिक्षक चन्दले कानूनी प्रक्रिया अनुसार शिवानीले नागरिकता पाउनुपर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.