सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै


  •    न्युजभित्तो/६ भाद्र २०७८, आईतवार १२:३७ 
  • काठमाडौँ,६ भदौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने तय भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल हुनेछ ।

    स्थायी कमिटीको बैठक शनिबार पनि बसेको थियो । उक्त बैठकमा पार्टीको वडा तहसम्मको सङ्गठन विस्तार गर्दै चुस्त दुरुस्त सङ्गठन बनाउने र त्यसका लागि कुन नेतालाई के ककस्तो जिम्मेवारी दिने विषयमा छलफल भएको थियो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको आयोजना गर्ने घोषणा गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने सन्दर्भमा विचार विमर्श भएको बताइएको छ ।

    केन्द्रीय समितिमा प्रस्ताव गरिएको अन्तरिम विधान अनुसार पार्टीका सबै संरचनामा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व गराइनेछ । युवाको प्रतिनिधित्वलाई पनि सुनिश्चित गरिएको छ भने दलित समुदायलाई पनि विशेष सम्बोधन गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.