सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नमूना परीक्षण गरिएका १५ प्रतिशतमा कोरोना सङ्क्रमण


  •    न्युजभित्तो/६ भाद्र २०७८, आईतवार ११:३७ 
  • सुदूरपश्चिम, ६ भदौ । कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म एन्टिजेन र पिसिआर पद्धतिबाट तीन लाख पाँच हजार ८५७ को नमूना परीक्षण भइसकेको छ ।

    नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशमा कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १५ प्रतिशत हो । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार सङ्क्रमितमध्ये ४५ हजार २१६ उपचारपछि घर फर्किएका छन् । निको हुने यो सङ्ख्या सङ्क्रमितको झण्डै ९८ प्रतिशत हो ।

    एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि हुनेमध्ये आठ हजार ७८० र पिसिआर परीक्षणवाट सङ्क्रमित हुनेमध्ये ३६ हजार ४३६ उपचार व्यवस्थापनपछि घर फर्किएका हुन् । अहिलेसम्म पिसिआर पद्धतिबाट नमूना परीक्षण गर्दा ३६ हजार ७९८ र एन्टिजेन परीक्षणबाट नौ हजार १६३ व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

    केरोनाबाट हालसम्म ५८० व्यक्तिको मृत्यु भएको छ । प्रदेशका नौ जिल्लामध्ये पहाडी क्षेत्रका जिल्लाको तुलनामा तराईका जिल्ला कैलाली र कञ्चनपुर सङ्क्रमणबाट बढी प्रभावित भइरहेका छन् । पछिल्लो दुई हप्तायता प्रदेशमा ५६४ नयाँ सङ्क्रमित थपिँदा ४९५ जना उपचारपछि घर फर्किएका छन् । दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । तथ्याङ्कमा यस अवधिमा सक्रिय सङ्क्रमित भने घटेको देखिएको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमित बिरामी ४०८ जना छन् । दुई हप्ताअघि यो सङ्ख्या ५०२ थियो ।

    पछिल्लो २४ घण्टामा ९६९ को नमूना परीक्षण हुँदा १५ मा सङ्क्रमण देखिएको छ । यस अवधिमा उपचारपछि ४६ जना डिस्चार्ज भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । गत वैशाख, जेठमा यो रोगको सङ्क्रमण र मृत्युदर उच्च थियो । असार सुरु भएसँगै केही घटेको थियो । हाल नमूना परीक्षण गराउन आउनेको सङ्ख्या पनि कम हुँदै गएको छ ।

    तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । रोगको रोकथामका लागि गत वैशाखदेखि जारी निषेधाज्ञा हाल खुकुलो पारिएसँगै बढेको सर्वसाधारणको चहलपहलले रोग फैलिने जोखिम यथावत रहेको स्वास्थ्यकर्मी बताउँछन् । कैलालीसहितका जिल्लामा हाल निषेधाज्ञा खुकुलो पारिएको छ ।

    सर्वसाधारणबाट तोकिएअनुसार मास्क प्रयोग नगरी जथाभावीरूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी कमजोरी देखिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल
    नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह
    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित
    • प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    • रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    • रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.