सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारी चितवनद्वारा कल्याणकारी कोष स्थापना


  •    न्युजभित्तो/६ भाद्र २०७८, आईतवार ११:२८ 
  • चितवन, ६ भदौ । प्रेस चौतारी नेपाल जिल्ला शाखाको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गरी हरेक वर्ष पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
    जिल्लाका क्रियाशील दुई पत्रकारलाई ‘जोखिम पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ । शाखाको हालै सम्पन्न बैठकले ‘प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार’ प्रत्येक वर्ष दुई पत्रकारलाई वितरण गर्ने निर्णय समेत गरेको छ ।
    पत्रकारिता विषयमा दश जोड दुई तथा स्नातक तहमा सबैभन्दा बढी अङ्क ल्याउने एक÷एक जनालाई उक्त पुरस्कार प्रदान गरिने जिल्ला अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयो ।
    बैठकले कल्याणकारी कोष कार्यविधि–२०७८ लाई सुझावसहित पारित गरेको छ । दाताबाट प्राप्त सहयोग र विभिन्न क्रियाकलाप गरी आर्जित रकमलाई कोषमा राखेर वृद्धि गर्दै लगिने उहाँको भनाइ छ । बैठकले पोल्ट्री विज्ञ डा तिलचन्द्र भट्टराई तथा प्रा डा शारदा थपलियाले स्थापना गर्नुभएको शारदा–तिलचन्द्र भट्टराई पत्रकारिकता पुरस्कार कार्यविधि–२०७८ लाई सुझावसहित पारित गरेको छ । बैठकले १५ सदस्यीय जिल्ला सचिवालय र सल्लाहकारसमेत चयन गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.