सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ ट्रयाक बनाएर जोडिँदै चामेदेखि माथिल्लो मनाङ


  •    न्युजभित्तो/५ भाद्र २०७८, शनिबार १४:१६ 
  • मनाङ, ५ भदौ । अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको हो । यसले तल्लो र माथिल्लो मनाङको सम्बन्ध विच्छेद भएको छ ।

    माथिल्लो मनाङसँग जोडिने जोखिमपूर्ण स्थलमार्ग अवरुद्ध भएपछि आवतजावत पूर्ण रुपमा बन्द भएको छ । धेरै स्थानमा सडक सञ्जालबाट छुटिएको मनाङलाई जोड्नका लागि नयाँ ट्रयाक बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । “मनाङको लाइफलाइनका रुपमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा नयाँ ट्रयाकसहितको भिरको कटान भइरहेको छ, यो भिरमा ट्रयाक निर्माण भएपछि माथिल्लो मनाङसँग जोडिनेछ”, सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनीयर सुमन अधिकारीले भन्नुभयो । तल्लो र माथिल्लो मनाङ जोड्ने सडकखण्डअन्तर्गत सबैभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु–भ्राताङ भिरमा बाढीपहिराले सडक पूर्णरुपमा क्षति भएको छ ।

    यस भिरमा सडक निर्माण भएपछि माथिल्लो र तल्लो मनाङ आवतजावतमा सहज हुने उहाँले बताउनुभयो । माथिल्लो मनाङका मानिस सामान्य बिरामी भएको अवस्थामा समेत चामेस्थित स्वास्थ्य कार्यालय मनाङसम्म ल्याउन मुस्किल रहेकाले यस सडक मर्मतपश्चात् यहाँ सहज यात्रा गर्न सकिने उहाँले बताउनुभयो । “अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिराले धेरै जोखिम बढाएको छ, बम प्रहार गर्नका लागि ड्रिलिङको काम भइरहेको छ, नेपाली सेनाले उक्त क्षेत्रमा चट्टानलाई कोपेर र बम प्रहार गरी बाटो निर्माणको काम गरिनेछ”, इञ्जिनीयर अधिकारीले भन्नुभयो ।

    यहाँ चट्टानलाई कोपेर केही भित्रपट्टिबाट सडक सञ्जाल बनाइएको छ । उहाँका अनुसार उक्त क्षेत्रमा सडक निर्माणका लागि ड्रिलिङको काम सकिएपछि बम हानेर सडक निर्माण गरिनेछ । सडक निर्माणका लागि चट्टानमा प्वाल बनाउने कार्य भइरहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो । उहाँका अनुसार सडक सञ्जाल जोड्नका लागि अन्य स्थानमा जेसिबीको प्रयोगबाट खन्ने कार्य भइरहेको छ । बेंसीशहर–चामे सडकअन्तर्गतको बेंसीशहरबाट माथि २२ किमी सडक खुलाइसकिएको छ । त्यस्तै चामेबाट माथिल्लो क्षेत्रमा पनि सडक खुलाइसकिएको छ भने तलेखु–भ्राताङ भिरको सडक बन्ने प्रक्रियामा छ ।

    उक्त सडक मर्मतका लागि गृहमन्त्रालयमार्फत सेनाको हेलिकप्टरबाट इन्धन ल्याइएको थियो । जेठ १४ मा चामेमा सडक विच्छेद भएको थियो । तर पुनः गत असार १ गते आएको बाढीपहिराले मनाङका धेरै स्थानमा सडक पूर्णरुपमा क्षति भएका छन् । अहिले उक्त क्षेत्रमा नेपाली सेनाले पहाड फोडेर सडकको नयाँ ट्रयाक निर्माण भइरहेको इञ्जिनीयर अधिकारीले जानकारी दिनुभयो ।

    बाढीपहिराको क्षति पु¥याएको सडकको अध्ययन अवलोकनपछि नयाँ सडक निर्माण गर्ने प्रस्ताव भएबमोजिम मर्मत थालिएको हो । बेंसीशहर–चामे सडकखण्ड १०७ किलोमिटर रहेको छ । सडकअन्तर्गत केही स्थानमा नयाँ ट्रयाक पनि खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.