सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

करिडोरको विकल्प नहुँदा यात्रीलाई सधैँ सास्ती


  •    न्युजभित्तो/५ भाद्र २०७८, शनिबार १३:४६ 
  • बलेवा, ५ भदौ । शुक्रबार बिहान बिरामी आमालाई उपचार गराउन कुश्मीशेराबाट धौलागिरि अस्पतालतर्फ लाग्नुभएका उमाकान्त चापागाईं झण्डै पाँच घण्टा फुर्से खोलामा रोकिनुभयो । निरन्तर झरिरहेको पहिराका कारण सडक बन्द थियो । उहाँजस्तै जिल्लाको दक्षिणबाट बिरामी बोकेर आएका सवारी साधनको लस्कर खोलावारि थियो ।

    बिरामी छटपटाइरहेका देखिन्थे । निरन्तर बगिरहेका गेगरको चोट लाग्ने त्रासले हिँडेर पहिरो पार गर्न पनि कठिन थियो । कुश्मीशेराकै खाद्यान्न व्यवसायी अशोक आचार्य तीन दिनदेखि खाद्यान्न बोकेको पिकअप भ्यानसहित खोला छेउमै हुनुहुन्थ्यो । पानी र चाउचाउ खाएर उहाँले ती दिन बिताउनुभयो । बागलुङ बजार र पोखराबाट बिरामी तथा अत्यावश्यक कामका मानिस लिएर आएका सवारी साधन अर्कोतर्फ लामबद्ध थिए ।

    फुर्सेमा बुधबार राति खसेको पहिराका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको थियो । पहिरो पन्छाउने प्रयास भए पनि निरन्तर खसिरहेकाले त्यहाँ सवारी साधन सञ्चालन गर्न निकै कठिन भएको छ । बागलुङ नगरपालिका–१३स्थित पैंयुपाटाको फुर्सेमा खसेको पहिराले दक्षिण क्षेत्रका सर्वसाधारणले सास्ती खेप्दै आएका हुन् ।

    “देख्दा अचम्म लाग्छ, माथि समथर ठाउँ पनि बगेर पहिरो भएको छ”, पैँयुपाटाका भवानीप्रसाद रिजालले भन्नुभयो, “कुन दिन के दुःखद् कुरा सुन्नुपर्ने हो, दक्षिणका मान्छेले असाध्यै दुःख पाए ।” कालीगण्डकी करिडोरको ट्रयाक खोल्ने क्रममा खोला छेउको पहाड फोड्नका लागि पड्काइएका बमका कारण जमिन कमजोर भएर निरन्तर पहिरो आएको हुनसक्ने स्थानीयवासीको गुनासो छ ।

    यो वर्षको मनसुन शुरु भएयता दक्षिणका गाउँ कैयौँ पटक सडक सम्पर्कविहीन भएका छन् । थोरै वर्षा हुँदासमेत फुर्सेखोला र एक्लेसालमा आउने पहिराका कारण करिडोर अवरुद्ध हुने गरेको छ । “अन्तबाट सवारी साधन चलाउने विकल्प छैन, भएका सडक सधैँ यस्तै”, सवारी चालक लोकनाथ शर्माले भन्नुभयो, “बजार पुगे गाउँ फर्किन पाइन्छ या पाइन्न, गाउँ पुगे बजार जान पाइन्छ कि पाइँदैन भन्ने त्रास छ ।” बागलुङ कुश्मीशेरा सडक पनि ठाउँठाउँमा अवरुद्ध भएका कारण सर्वसाधारणलाई दुःख भएको उहाँले बताउनुभयो ।

    सडक डिभिजन कार्यालयले करिडोर सञ्चालनका लागि निरन्तर पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । “हामीले खबर पाउनेबित्तिकै पहिरो रोक्न स्काभेटर पठाउने गरेका छौँ”, निमित्त प्रमुख मुकुन्द लामिछानेले भन्नुभयो, “हेबी इक्युपमेण्ट पोखराबाट मगाएर निरन्तर पहिरो पन्छाइए पनि खस्ने काम नरोकिएकाले काम गर्नसमेत कठिन भएको छ । ”

    शुक्रबार सडक डिभिजनको स्काभेटरसमेत मर्मत गर्नुपर्ने भएपछि बागलुङ नगरपालिकाले अर्को स्काभेटर लगाएर सडक खुलाएको थियो । करिडोरमा खसिरहेको पहिराका कारण नगरपालिकाको बलेवा र जैमिनी तथा बरेङ गाउँपालिकाका बासिन्दाले मनसुन अवधिभर सडकको सास्ती खेप्न बाध्य हुँदै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.