सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुर कारागारका कैदीबन्दीलाई सताउन थाल्यो छाला रोगले


  •    न्युजभित्तो/४ भाद्र २०७८, शुक्रबार १४:४९ 
  • कञ्चनपुर, ४ भदौ । कञ्चनपुर कारागारका कैदीबन्दीलाई छालासम्बन्धी रोगले सताउन थालेको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा अधिकांशमा दाद र लुतो लगायतको रोग देखा परेको हो ।

    त्यस्ता रोगी कैदीबन्दीको सङ्ख्या १५० बढी रहेको जेलर मायाकुमारी थापा बस्नेतले जानकारीदिनुभयो । क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यक्तिगत सरसफाइ गर्न नपाउँदा रोग फैलिएको हुनसक्ने उहाँले बताउनुभयो ।

    “खानेपानी थाप्न, नुहाउन र शौचालय जानका लागि कैदीबन्दीले लाइनमा बस्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “सहजरुपमा कैदीबन्दीले व्यक्तिगत सरसफाइ गर्न पाउदैनन् । साबनु र ओढ्ने बिछ्याउने कपडासमेत साटासाट हुन्छ । सबै जनालाई एकै ठाउँमा राखिँदा छालासम्बन्धी रोगको सङ्क्रमण बढेको छ ।” कैदीबन्दीको सङ्ख्या उच्च हुँदा कारागारमा खुट्टा राख्ने ठाउँसमेत छैन ।

    सुत्ने ठाउँका अभावमा धेरैले पालो पर्खनुपर्ने अवस्था छ । एकै ठाउँमा धेरै जना कैदीबन्दी सुत्ने भएकाले एकबाट अर्को गर्दै धेरै जनामा छालसम्बन्धी रोग सरेको उनीहरुको भनाइ छ ।

    कारागार शाखामा एक स्वास्थ्यकर्मीसमेत कार्यरत छन् । प्राथमिक उपचार गर्ने व्यवस्था मात्रै कारागारमा छ । धेरैमा छालासम्बन्धी रोग देखिएपछि कैदीबन्दीले कारागारमै स्वास्थ्य शिविरको आयोजना गरी उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

    कारागारमा ७५ पुरुष र २० महिलालाई राख्ने क्षमता छ । हाल कारागारमा ४०६ पुरुष र २५ महिलालाई राखिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.