सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बलात्कारपछि हत्याको आरोपमा शव बुझ्नअस्वीकार


  •    न्युजभित्तो/४ भाद्र २०७८, शुक्रबार १४:०९ 
  • सर्लाही, ४ भदौ । बलात्कार पछि हत्या गरिएको आरोपमा लालबन्दी नगरपालिका– १७ की किशोरी प्रियङ्का भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । बुधबार मृतकको शव परीक्षण भइसके पनि परिवारले बुझ्न नमान्दा जिल्ला अस्पतालमै रहेको छ ।

    दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गर्ने र घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान गरी न्याय दिलाउने आश्वासन प्रहरीले दिए पनि परिवारले शव बुझेका छैनन् । गत साउन ३१ गते राति करिब ११ बजे घरबाटै बेपत्ता भएकी रानीगञ्ज डाँडाटोलका राजेश भुजलेकी छोरीको शव गत मङ्गलबार राति कालिन्जोर खोलामा गाडिएको अवस्थामा फेला परेको थियो ।

    घटनामा संलग्न रहेको आरोपमा लालबन्दी १७ कै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरेर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।

    पक्राउ परेका युवाले नै युवतीको शव गाडेको स्थान देखाएका थिए । घटनाको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै स्थानीयवासीले बुधबार लालबन्दीमा दुई घण्टा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध पारेका थिए । बिहीबार पनि करिब तीन घण्टा पीडित पक्ष र सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भएको थियो । प्रहरीले १४ वर्षीया भुजेलको उमेर १६ बताएको र दोषीलाई सार्वजनिक नगरेको भन्दै थप आक्रोसित बनेका पीडित पक्षले इलाका प्रहरी कार्यालयबाट न्याय नपाइने भन्दै आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर ज्ञापनपत्र बुझाउने जनाएका छन् ।

    सांसद प्रमोद साहले पनि पीडित पक्षसँग भेट गरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सो घटनाबारे जानकारी गराउनुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.