सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निकुञ्जका बँदेल सौराहाका होटलमा, तालिमप्राप्त कुकुर प्रयोग गरी सुरक्षा जाँचमा कडाई


  •    /६ बैशाख २०७६, शुक्रबार १२:४३ 
  • चितवन : जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार माडी क्षेत्रमा जङ्गली बँदेल समाएर अर्धचेत बनाई गाडीमा राखेर सौराहाका होटलमा पु¥याउने गरेको सूचना प्राप्त भएको बताउनुभयो । सौराहाका कतिपय होटलहरुले खुलमखुल्ला जङ्गली बँदेल भन्दै बिक्री गरेको निकुञ्जलाई सूचना प्राप्त भएको उहाँले बताउनुभयो । ढकालका अनुसार गाडीको डिक्की, धान, पराल लगायतका सामग्री बोक्ने गाडीभित्र लुकाएर बँदेल ओसारपसार गरिँदै आएको छ ।

    उहाँले दुई हप्ता हाराहारीको फरक पारेर निकुञ्ज हुँदै माडी जाने आउने गाडीमा कुकुरसहितको सहयोगमा सुरक्षा जाँच गरिएको बताउनुभयो ।यसै गरी मेघौली, कावासोती र बरण्डाभार क्षेत्रका सडक एवं राजमार्गमा पनि त्यसै गरी जाँच गरिएको उहाँले बताउनुभयो ।

    सो क्रममा यात्रुलाई सकेसम्म कम कष्ट हुने गरी जाँच गरिएको निकुञ्जले जनाएको छ ।निकुञ्जमा सुँघेर आखेटोपहार पहिचान गर्न सक्ने कुकुर दुई वटा रहेका छन् । तिनै कुकुर हाल सुरक्षा जाँचमा प्रयोग गरिएको छ । निकुञ्जमा चोरी तस्करी गर्ने व्यक्तिको पहिचान गर्न सक्ने अन्य दुई कुकुर पनि रहेका छन् ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९३०मा बँदेल मार्ने वा घाइते बनाई तस्करी गरेमा रु २० हजार देखि ५० हजारसम्म जरिवाना वा ६ महीनादेखि एक वर्षसम्म कैद अथवा दुवै सजाय हुने ढकालले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.