सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले विभाजन भएको होइन, टुक्रिएको हो: ओली


  •    न्युजभित्तो/३ भाद्र २०७८, बिहीबार १५:५१ 
  • काठमाडौँ, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन नभएको बरू टुक्रिएको बताएका छन्।

    बिहीबार दिउँसो भक्तपुरबाट विशेष सम्बोधन गर्दे ओलीले अकारण पार्टी फुटाइएको बताए।

    ‘अकारण पार्टी फुटाएको छ, विग्रह सुरू गरेको छ, अस्थिरता सुरू गरेको छ, अनेक प्रचार गरेको छ,’ ओलीले भने,‘त्यस्तो हुँदा पनि सहेर मैले एकताको प्रयास गरें।’

    उनले प्रदेश-प्रदेशमा पार्टीभित्र अन्तरघात भएको संसद जोगाउँछु भन्दा आफूलाई विश्वासको मत नदिइएको दाबी गरे।

    ‘एमालेलाई कमजोर गर्ने र देशलाई अस्थिरतामा लैजाने गरी कामहरू चलाइएका छन्,’ ओलीले भने,‘आफैंले फोन गरेर, कुरा गरेर, भेटेर एकताको प्रयास गरेको छु। मैले नै एकताको प्रयास गरिनँ भन्नु अनुचित आरोप हो।’

    उनले माधव नेपालले विपक्षीसँग मिलेर घात गरेको कुरा चस्मा नलगाइकन खाली आँखाले देख्न सकिने बताए।

    माधव नेपालले नयाँ दल दर्ताका लागि प्रक्रिया थालेपछि एमालेको औपचारिक विभाजन प्रक्रिया सुरू भएको छ तर ओलीले त्यो विभाजन नभई केही टुक्रिएर गएको बताएका छन्।

    ‘माधव नेपाललाई एमालेमा रहन नसक्ने गरी चुँडाउने गरी तागत लागेपछि माधव नेपालको केही लागेन होला,’ ओलीले भने,‘माधव नेपालको उद्देश्य निहुँ खोज्नुमात्रै हो। देश बनाउनका लागि राम्रो उद्देश्यका साथ अघि बढ्ने हो, हामी त्यसमा लागेका हौं।’

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.