सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ :अध्यक्ष दाहाल


  •    न्युजभित्तो/३ भाद्र २०७८, बिहीबार १५:१७ 
  • काठमाडौँ, ३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्र्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति बनेको बताउनुभयो । उहाँले भन्नुभयो,“आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौँ, अब ढिलो गर्नुहुँदैन, छिटो टुङग््याउनुपर्छ भनेका छौँं । हिजो दर्ता भएको पार्टीको सनाखत टुङ्गिने वित्तिकै मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ ।”

    उहाँले अहिले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य लोकतन्त्र र संविधानको रक्षाका लागि भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“ पहिले ल्याएका अध्यादेश लोकतन्त्र र संविधान सिध्याउने उद्देश्यले ल्याइएका थिए, अहिलेको अध्यादेश लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षाका लागि ल्याइएको हो ।”
    अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले माक्र्सवादबारे तीन थरी दृष्टिकोण देखिएको भन्दै पहिलोले माक्र्सवादको यान्त्रिकिकरण गरेर सोच्ने जडसुत्रवादी प्रवृत्ति, दोस्रोले माक्र्सवादलाई त्याग्न खोज्ने वर्ग सङ्घर्ष होइन वर्गसमन्वयकोे प्रवृत्ति र तेस्रो चलायमान देखिएको मध्यपन्थी प्रवृित्त रहेको टिप्पणी गर्नुभयो ।

    अबको माक्र्सवादबारे रचनात्मक, सिर्जनात्मक ढङ्गले विचार, विमर्श गरेर नयाँ विश्लेषण निकाल्न आवश्यक रहेकोमा अध्यक्ष प्रचण्डले जोड दिनुभयो ।

    कार्यक्रममा सङ्घीय समाजजादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पुँजीवाद दिगो हुुनसक्दैन भन्नेमा विश्वमै आम सहमति बनिसकेको बताउँदै तर विकल्प कस्तो समाजवाद भन्ने बहस जारी रहेको बताउनुभयो ।

    उहाँले पुँजीवादसँगै अहिले प्रयोगमा रहेको पुरानो समाजवादको प्रयोग पनि असफल भएको टिप्पणी गर्दै समाजवादको नयाँ स्परुपबारे पर्याप्त बहस र छलफल आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बामदेव क्षेत्री घिमिरेले लेख्नुभएको ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन अतिथिद्वय प्रचण्ड र डा भट्टराईले गर्नुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.