सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा आज १३९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु,


  •    न्युजभित्तो/३ भाद्र २०७८, बिहीबार १५:०१ 
  • चितवन,३ भदौं । चितवनमा पछिल्लो २४ घण्टामा १३९ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर पीसीआर परीक्षणबाट १०० तथा एन्टिजेनबाट ३९ जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै ८५ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ४, माडीका १६, रत्ननगरका २७, राप्तीमा ४, र ईच्छाकामना गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यस सँगै चितवनमा कोरोना संक्रमितको संख्या २३ हजार ६१९ पुगेको छ ।
    यससँगै कोरोनामुक्त हुनेको संख्या २० हजार ८९५ पुगेको छ । २३ हजार ४९ जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये २ हजार १९५ जना होम आइसोलेसनमा छन् भने १५० जना अस्पताल तथा ४ जना संस्थागत आइसोलेसनमा छन् ।

    जिल्लाभर कोरोना संक्रमणबाट अहिलेसम्म ३७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चितवनमा २ जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.