सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कैद र लाखौँ जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ


  •    न्युजभित्तो/२ भाद्र २०७८, बुधबार १६:३३ 
  • काठमाडौँ, २ भदौ । अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका– ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ रहेका छन् ।
    प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार काठमाडौँको चौमतीबाट पक्राउ परेका केसीलाई अदालतले १५ दिन कैद र रु ३० लाख जरिवाना तथा बसपार्कबाट पक्राउ परेका श्रेष्ठलाई ६ दिन कैद र रु १० लाख जरिवाना हुने फैसला सुनाएको थियो ।
    उनीहरुले आफ्नो खातामा पर्याप्त रकम नभएको जानी जानी पीडितलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । त्यसपछि फरार रहेका उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरी आजै फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.