सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विधान संशोधनका लागि एमालेद्वारा मातहतका कमिटीसँग सुझाव माग


  •    न्युजभित्तो/२ भाद्र २०७८, बुधबार १५:४७ 
  • काठमाडौँ, २ भदौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले यही भदौ २७ र २८ गते काठमाडौँमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा सुझाव दिन मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।

    यही वर्ष हुने पार्टीको महाधिवेशनपूर्व नयाँ विधान ल्याउन एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत साउन २५ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले उक्त विधानको मस्यौदा तयार गरेको थियो । सङ्घीयतानुकूल बनाइएको मस्यादौमा पार्टीमा केन्द्रीय कमिटीको सङ्ख्या समावेशिताका आधारमा दुई सय २५ कायम गर्ने, अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने, निर्वाचन चिन्हलाई सूर्यभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने, जिल्ला कमिटीलाई समन्वयको भूमिका मात्र दिने, पार्टीका कार्यक्रममा राष्ट्रिय झन्डाको प्रयोग र राष्ट्रिय धुन बजाउनेलगायत प्रावधान राखिएको छ ।

    विधानलाई अन्तिम रुप दिने सन्दर्भमा पार्टी केन्द्रको निर्देशनबमोजिम सुझाव सङ्कलनका लागि प्रदेश कमिटी सदस्य, केन्द्रीय विभागका सदस्य, जिल्ला कमिटीका पदाधिकारी÷सदस्य, स्थानीय कमिटीका पदाधिकारी÷सदस्य, जनसङ्गठनका केन्द्रीय सदस्य÷ जिल्ला पदाधिकारी÷सदस्यलगायत इच्छुक पार्टी सदस्यलाई सम्बन्धित कमिटीले आग्रह गरेको छ । सो पार्टीले विधान महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भने नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.