सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ग्रामीण सडक पुनःनिर्माण नहुँदा सास्ती


  •    न्युजभित्तो/२ भाद्र २०७८, बुधबार १४:३३ 
  • उदयपुर, २ साउन । असारदेखि आएको निरन्तर वर्षाका कारण भत्किएका जिल्लाका पहाडी क्षेत्रका ग्रामीण सडक अझै पनि पुनःनिर्माण र सुधार हुन नसक्दा जनतालाई सास्ती हुँदै आएको छ ।

    कोरोना सङ्क्रमण पुनःबढिरहेका बेला वर्षाले भत्काएको सडक समयमा नै पुनःनिर्माण तथा मर्मत सुधार नहुँदा पहाडी भेगका जनता गाउँसम्म पुग्न र अति आवश्यक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भइरहेको छ ।

    असारको सुरुदेखि आएको वर्षाले ताप्ली गाउँपालिका, उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकासम्म जोड्ने ग्रामीण सडक कतिपय स्थानमा भत्किएका तथा पहिराले सडक पुरेको र अवरुद्ध भएका कारण अहिले उच्च जोखिम मोलेर सो क्षेत्रमा यातायात सञ्चालन गर्न बाध्य हुनुपरेको यातायात व्यवसायी रामबहादुर तामाङ बताउनुहुन्छ । वर्षाले भत्काएको सडक समयमा नै पुनःनिर्माण तथा मर्मत नहुँदा अहिले सहज ढङगले यातायातका साधन सञ्चालन गर्न कठिन भएकाले पहाडी भेगका जनताले दैनिक उपभोग्य वस्तुसमेत ढुवानी गर्नु परेको लिम्चुङबुङ–४ जाँतेका कृष्ण बुढाथोकीको गुनासो छ ।

    लिम्चुङबुङ–२ बराहका गजेन्द्र बराल भन्नुहुन्छ, “अढाइ महिनादेखि जिल्ला सदरमुकाम गाईघाट बजार, मुर्कुची बजारहुँदै हाम्रा गाउँघर जोड्ने सडक वर्षाका कारण धेरै स्थानमा भत्किएका र ठूलाठूूला खाल्डा परेकाले गाउँघरसम्म यातायात सेवा सञ्चालन गर्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न उच्च जोखिम छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.