सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चौथो विश्व संस्कृत दिवस मनाउन समिति गठन


  •    न्युजभित्तो/२ भाद्र २०७८, बुधबार १४:२५ 
  • काठमाडौँ, २ भदौ । चौथो विश्व संस्कृत दिवस मनाउन मूल समारोह गर्ने गरी निर्देशन समिति र कार्यकारी परिषद् गठन गरिएको छ ।
    जरोकिलो प्रतिष्ठानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीको संयोजकत्वमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रमुख प्राडा नारायणप्रसाद गौतम, सनातन धर्म महासङ्घका उपाध्यक्ष सहप्राडा माधवप्रसाद पाण्डेय र जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेल रहनुभएको निर्देशन समिति गठन गरिएको छ ।
    यसैगरी जरोकिलो प्रतिष्ठानका उपाध्यक्ष डा माधवशरण उपाध्यायको संयोजकत्वमा सबै संस्थाका प्रतिनिधि सदस्य रहेको कार्यकारी परिषद् गठन गरिएको जनाइएको छ । परिषद्को सदस्यसचिवमा गोविन्द घिमिरे र सदस्यहरुमा रोहिणी तिमल्सिना, सरस्वती चौलागाईं, गार्गी चौलागाइँलगायत ११ सदस्य रहेको संयोजक अधिकारीले जानकारी दिनुभयो । यस वर्ष नेपाल, अमेरिका र बेलायतका आठवटा संस्था मिलेर चौथो विश्व संस्कृत दिवस मनाउन लागिएको हो ।
    समितिले श्रावण शुक्ल पूर्णिमाका दिन भदौ ६ गते विश्व संस्कृत दिवसका अवसरमा वाल्मीकि विद्यापीठमा कार्यपत्रसहितको अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ । भौतिक रुपमा २५ जना जम्मा भई गरिने कार्यक्रममा इच्छुक जति जुम प्रविधिबाट जोडिन सक्ने समिति संयोजक अधिकारीले राससलाई जानकारी दिनुभयो ।
    कार्यक्रममा उपाध्यायले ‘संस्कृत भाषाको वर्तमान स्थिति’ र काठमाडौँ विश्वविद्यालयका सहप्राडा अजय रिसालले ‘मनोचिकित्सामा संस्कृत’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । दिवस मनाउन अमेरिकाका दुई संस्था सहृदयता इन्टरनेशनल र विश्व भूटानी हिन्दू सङ्गठन र बेलायतको नेपाली हिन्दू फोरम पनि सहभागी भएका छन् । चौथो विश्व संस्कृत दिवसको प्रमुख अतिथिका रुपमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका कुलपति प्राडा राजाराम शुक्ललाई निमन्त्रणा गरिएको छ ।
    प्रतिष्ठानको नेतृत्वमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो । दिवसलाई संयुक्त राष्ट्र सङ्घबाट घोषणा गराई अन्तर्राष्ट्रिय मान्यता दिलाउने अभियानमा पनि प्रतिष्ठान लागेको छ । राष्ट्र सङ्घमा यससम्बन्धी प्रस्ताव नेपालले राख्नुपर्ने माग राख्दै संस्कृत क्षेत्रमा कार्यरत विश्वविद्यालय, विभाग एवं संस्थाले अभियान चलाउँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.