सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला एसियन कप छनोट : नेपालको पहिलो खेल फिलिपिन्ससँग


  •    न्युजभित्तो/१ भाद्र २०७८, मंगलवार १७:१४ 
  • काठमाडौँ, १ भदौ ।  एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको छ ।
    नेपालले आफ्नो दोस्रो खेल हङकङसित असोज असोज ५ गते खेल्ने छ । यसैगरी सो समूहअन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने छ । नेपाल सहभागी समूह ‘एफ’ को खेल नेपालमा सञ्चालन हुने भनिए पनि अन्तिममा आएर कोरोनो महामारीका कारण उज्वेकिस्तानमा सारिएको थियो । उक्त समूहको शीर्ष स्थानमा रहने टोली आगामी वर्ष भारतमा आयोजना हुने एसियन कपका लागि छनोट हुनेछ ।
    एसियन कप छनोटका तयारीका लागि २८ महिला खेलाडी बन्द प्रशिक्षणमा रहनुभएको छ । सो टोलीलाई मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रशिक्षण दिइरहनुभएको छ । बन्द प्रशिक्षणमा हिरा भुजेल, इन्द्रा राई, मनिषा राउत, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, विमला विक, विमला चौधरी, दिपा राई, गीता राना, हिमा चौधरी, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बु, शर्मिला थापा र सिर्जना सिंह रहनुभएको एन्फाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.