सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अफगानिस्तानमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर : राष्ट्रिय मानव अधिकार


  •    न्युजभित्तो/१ भाद्र २०७८, मंगलवार १७:०३ 
  • काठमाडौं ,१ भदौ। राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

    मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा हालै देखिएको राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकहरुको जीवन जोखिममा पर्न सक्ने भन्‍दै तत्काल उद्धार गर्न सरकारलाई ध्‍यानाकर्षण गराएको हो ।

     

    आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘अफगानिस्तानमा जोखिममा रहेका नेपाली नागरिकहरुको एकीन तथ्यांक र वास्तविक अवस्था पत्ता लगाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउनका लागि थप प्रभावकारी कुटनीतिक पहल गर्न तथा जोखिमपूर्ण अवस्थामा रहेकाहरुको जीवन रक्षा गरी मानव अधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

    यस्तै आयोगले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारबारे सरकारले गरेका प्रयासहरुको बारेमा परराष्ट्र सचिव भरतराज पौडेल र वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीसँग छलफल गरेको छ ।

    छलफलका क्रममा उनीहरुले नेपाल सरकारले उद्धारका लागि कूटनीतिक पहल जारी राखेको, अफगानिस्तानस्थित विदेशी कूटनीतिक नियोगहरुमा कार्यरत केही नेपालीहरुको उद्धार भई सुरक्षित स्थानमा पुर्‍याइसकिएको, बाँकीलाई सुरक्षित रुपमा नेपाल ल्याउन प्रयास भैरहेको, समाचार माध्यममा आए जस्तो अफगानिस्तानमा ठूलो जोखिमको स्थिति नरहेको, हाल अफगानिस्तानका लागि श्रम स्वीकृति रोकिएको र अन्य मुलुक हुँदै पनि नेपालीहरु अफगानिस्तान प्रवेश गर्ने हुँदा पनि अफगानिस्तानमा रहेका नेपालीको एकीन तथ्याङ्क सरकारसँग नभएको बताएका छन् ।

    आयोगका अध्यक्ष तपबहादुर मगरले जुनसुकै हैसियतमा अफगानिस्तान पुगेका भए पनि जोखिममा रहेका सबै नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई निर्देशन दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.