सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अफगान सेनाले आफ्नो देशका लागि लड्नुपथ्र्याे–राष्ट्रपति बाइडेन


  •    न्युजभित्तो/१ भाद्र २०७८, मंगलवार १५:४३ 
  • वासिङ्टन, १ भदौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न सक्नुपथ्र्याे, तर किन लडेन भन्ने कुरा हामीले खोजिरहेका छौँ । उनले भने, “जे होस्, गत साताका विकासक्रमले अफगानिस्तानमा अमेरिकी सैन्य सङ्लग्नता अहिले अन्त्य गर्नु उचित निर्णय थियो भन्ने पुष्टि गर्छ ।” उहाँले सोमबार टेलिभिजनबाट दिनुभएको सन्देशमा सो कुरा बताउनुभएको छ । उहाँले पछिल्लो समयमा अफगानिस्तानको सेनाले अमेरिकाले दिएको तालिम तथा सुविधाअनुसार आफँै लड्न नसकेको बताउँदै आउनुभएको छ । उहाँले सोमबार भन्नुभयो, अफगान फौजले उनीहरूकै देश र जनताका लागि पनि जे जसरी लड्न सक्नुपथ्र्याे, त्यो नचाहेको देखियो ।
    अब यसो भएपछि अमेरिकी सैनिक कति समयसम्म त्यहाँ रहेर लड्न सक्छन् ? अब अमेरिकाको भनाइ यो हो कि अब अमेरिकी सेना युद्धमा मर्नु हँुदैन । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको विषयमा उहाँले आफ्नो निर्णयको बचाउ पनि गर्नुभयो । उहाँले यो निर्णयमा आफू कटिबद्ध रहेको पनि बताउनुभयो । युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाले आलोचना खेपिरहेको छ । तर पनि राष्ट्रपति बाइडेनले भने यो निर्णय सही समयमा गरिएको उचित निर्णय हो भन्नुभएको हो । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर गएपछि गत आइतबार नै तालिबानीले सत्तामा पुगेका छन् । आइतवार तालिबानले लडाइँ जितेको घोषणा पनि गरेका थिए । अफगानिस्तानका तालिबान सशस्त्र विद्रोही पुनःसत्तामा आएसँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थितिको पनि औपचारिकरुपमै अन्त्य भएको छ ।
    तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए । पछिल्ला दिनमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे । यति चाँडै उनीहरु सत्तामा आउलान् भन्ने अनुमान भने नगरिएको अमेरिकी अनुमान थियो । तालिबानको तीव्र विस्तारका बाबजुद पनि स्वयं अफगान सेनाले नै आफ्ना देशका विरुद्धमा लड्न नचाहेको विषयले पनि अहिले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनु आवश्यक रहेको पुष्टि गरेको बाइडेनले प्रष्ट गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.