सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु


  •    न्युजभित्तो/१ भाद्र २०७८, मंगलवार १५:०३ 
  • झापा, १ भदौ । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले शल्यक्रियापछि अनुहारलाई दुरुस्त बनाउने ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरुआत गरेको छ । नाक, कान र घाँटीमा क्यान्सर सङ्क्रमण हुँदा शल्यक्रिया गरेर अनुहारको बाहिरी र भित्री भागमा पलाएको मासु फालिएपछि पुरानै स्वरुपमा अनुहारलाई ल्याउन ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गरिन्छ ।

    प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इंकै लगानीमा दुई वर्षदेखि विर्तामोडमा अस्पताल सञ्चालन भइरहेको छ । स्वदेशमै क्यान्सरको पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’का लागि अस्पतालमा अनुभवी जनशक्ति र उपकरण उपलब्ध भइसकेको मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले जानकारीदिनुभयो ।

    नेपालमा मात्र नभएर नाक, कान र घाँटीको क्यान्सरका बिरामी विश्वभरि नै बढिरहेको उहाँले जानकारी दिनुभयो । सुर्ती र मदिरा सेवन नै यो प्रकारको क्यान्सर गराउने मुख्य कारण भएको उहाँको भनाइ छ ।

    धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षसम्म नाक, कान र घाँटीको क्यान्सरको शल्यक्रिया गर्दै आउनुभएको अर्का सर्जन डा बजरङ्ग साह हाल अस्पतालमा सो सम्बन्धी विभागीय प्रमुखमा नियुक्त हुनुभएको छ । उहाँले नै ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गर्दै आउनुभएको छ ।

    उहाँले नेपालमा पहिलो पटक ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु भएको जानकारी दिनुभयो । उहाँले शरीरको अरू भागबाट मासु ल्याएर अनुहारमा जोड्ने शल्यक्रियालाई नै ‘फ्री फ्लाप’ भनेर चिनिने बताउनुभयो । ब्रेनभन्दा मुनि र फोक्सोभन्दा माथिको शरीरको भागमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गरिन्छ ।

    भारतमा ‘फ्री फ्लाप’ गर्न रु २० देखि २५ लाख खर्च लाग्ने भए तापनि यहाँ सोही उपचार रु तीन लाखमा भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा यादवले बताउनुभयो । ‘फ्रि फ्लाप’ लागि अब विदेश धाउने दिन गएको उहाँको भनाइ छ ।
    अस्पतालले दुई वर्षमा २२ हजार पाँच सय ३० क्यान्सरका बिरामीको उपचार गरेको र यसमध्ये सात सयको शल्यक्रिया गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्ममा तीन हजार पाँच सय जनाको बायोप्सी जाँच गरिएको, दुई हजार आठ सय १० को केमोथेरापी गरिएको, नौ सय ५३ को रेडियोथेरापी गरिएको र एक सय ४० जनाको ब्रेकी थेरापी गरिएको बताउनुभयो ।

    अस्पतालले क्यान्सरको पूर्ण उपचारको सेवा दिने गरी डा मुक्ति देवकोटाको नेतृत्वमा सर्जिकल अङ्कोलोजी, डा बजरङ्ग साहको नेतृत्वमा रिकन्स्ट्रक्शन सर्जरी र डा वीरेन्द्र यादवको नेतृत्वमा रेडियोलोजी विभाग गठन गरिएको छ ।

    दश हजारको पाठेघर क्यान्सर निःशुल्क जाँच

    अस्पतालका कार्यकारी प्रमुख डा निराजन प्रसाईंले महिलाको पाठेघरसम्बन्धी क्यान्सर रोगी धेरै पाइएको कारण जनचेतना जगाउन १० हजार जाँच गरिने निः शुल्क गरिने जानकारीदिनुभयो । अस्पतालले झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा स्वास्थ्य शिविरको आयोजना गरी जाँच गर्ने र क्यान्सर पुष्टि भएका हरेक बिरामीको उपचारमा रु एक लाखको उपचार सहयोग गर्ने उहाँले बताउनुभयो ।

    यही भदौ ६ गतेदेखि अस्पतालमा निःशुल्क ओपीडी सेवा प्रदान गरिने र एक हजार विपन्न परिवारको स्वास्थ्य बीमासमेत अस्पतालका तर्फबाट गरिने कार्यकारी प्रमुख डा प्रसाईंले घोषणा गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै
    राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
    सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख
    • जलवायु परिवर्तनको चुनौती सामना गर्दै धानमा आत्मनिर्भर बन्न आवश्यक छः मन्त्री चौधरी
    • पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन
    • ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
    • कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.