सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एकतामा सक्रिय रहन एमालेको आह्वान


  •    न्युजभित्तो/१ भाद्र २०७८, मंगलवार १४:२६ 
  • काठमाडौँ, १ भदौ । नेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई पार्र्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकताका लागि सक्रिय योगदान गर्न आह्वान गरेको बैठकपछि एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
    उहाँले बैठकले पार्टी विभाजनविरुद्ध दृढताका साथ उभिन आग्रह गरेको बताउनुभयो । केही साथीले पार्टी छाडेर जाने तयारी गरेका भन्दै त्यस्तालाई नजानसमेत आग्रह गर्नुभयो ।
    एमाले प्रवक्ता ज्ञवालीले जुन उद्देश्यका साथ संसद् स्थापना भएको थियो गठबन्धन पार्टीले त्यसअनुरुप काम नगरेको आरोप लगाउनुभयो । “संसद्मा विचाराधीन कैयौँ विधेयकको टुङ्गो लगाउनुपर्ने र जनसरोकारका कैयौँ विषयमा छलफल गर्नुपर्नेमा सरकारले संसद् अधिवेशन अन्त्य गरेको छ,” उहाँले भन्नुभयो, “यो कार्य गठबन्धन सरकारले विगतमा सार्वजनिक रुपमा व्यक्त गरेका साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताबमोजिम समेत छैन ।” बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई फिर्ता ल्याउनसमेत सरकारको ध्यानाकर्षण गराएको जानकारी पनि दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.