सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णालीको ठूलो समस्याः लागुऔषध र मदिरा


  •    न्युजभित्तो/१ भाद्र २०७८, मंगलवार १०:४६ 
  • कर्णाली, १ भदौ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) गणेशबहादुर ऐरले कर्णालीको ठूलो समस्या लागुऔषध र मदिरा भएको बताउनुभएको छ ।
    भारतसँग सीमा नजोडिए पनि कर्णालीमा लागुऔषध समस्या अधिकतम देखिएको प्रहरी नायब महानिरीक्षक ऐरले जनाउनुभयो । यो दुव्र्यसनीले यहाँको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा ठूलो असर पारेको बताउँदै उहाँले लागुऔषध ओसारपसार, कारोबार तथा प्रयोगको नियन्त्रण एवं न्यूनीकरणमा विशेष जोड दिने योजनाका साथ अघि बढिएको बताउनुभयो ।
    “कर्णाली नेपालकै ठूलो भूभाग ओगटेको प्रदेश हो, यद्यपि प्रदेशको आवश्यकतानुसार यहाँ प्रहरी जनशक्तिको अभाव छ”, प्रहरी नायब महानिरीक्षक ऐरले भन्नुभयो, “सानो एकाइमा प्रहरी उपलब्ध भए पनि यहाँका नागरिकले बास, जग्गालगायत विभिन्न क्षेत्रमा सहयोग गरेर प्रहरीमैत्री व्यवहार देखाएको पाएको छु । कर्णालीवासीप्रति कृतज्ञता प्रकट गर्दछु ।”
    पछिल्लो समयमा सामाजिक अपराधका घटना बढ्नुमा लागुऔषध, मदिरा र गाँजा प्रमुख रहेको उहाँले बताउनुभयो । लागुऔषध तथा मदिराले समाजमा पार्ने प्रभावका विषयमा कोरोना महामारीले नागरिकसमक्ष जाने वातावरण नभए पनि पर्चा, पुस्तिका र विभिन्न सञ्चारका सामग्रीको माध्यमबाट सचेतनामूलक कार्यक्रम अगाडि बढाइने उहाँको भनाइ थियो । कर्णालीमा विद्यमान कुप्रथा र पुरातनवादी सोच परिवर्तनका लागि प्रहरी एक्लैले केही गर्न नसक्ने जनाउँदै प्रहरी नायब महानिरीक्षक ऐरले भन्नुभयो, “समाज परिवर्तनका लागि पहिला म आफ्नै प्रहरीलाई अनुशासित बनाउँछु ।
    दोस्रो जनतालाई मालिक बनाएर प्रहरी जनताको सेवक हो भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।” यसमा राजनीतिक दल, अधिकारवादी, नागरिक समाजलगायत सरोकारवालाले आ–आफ्नो तहबाट सहयोग पु¥याउन उहाँले आग्रह गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.