सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डा. भक्तमान अपहरण मुद्धाका मुख्य अभियुक्त बाह्रवर्ष देखि फरार


  •    न्युजभित्तो/३२ श्रावण २०७८, सोमबार १६:३६ 
  • चितवन, ३२ साउन । भनिन्छ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ । तर देशभर चर्चामा रहेको डा भक्तमान श्रेष्ठ अपहरण प्रकरणका मुख्य अभियुक्त १२ वर्ष पुग्दा पनि पक्राउ पर्न सकेका छैनन् । अपहरण काण्डका मुख्य अभियुक्त भीमसेन पण्डित अझैसम्म पक्राउ पर्न नसकेका हुन् ।

    सोही अभियोगमा पक्राउ परेका नुवाकोटका बद्रीप्रसाद ढुङ्गाना, महाराजगञ्जका सुनिल श्रेष्ठ, भारतको दार्जिलिङका नवीन क्षेत्री, कानपुरका रोहित पालिवाल अग्रवाल र काठमाडौँका सुब्बा तामाङ पक्राउ परेपनि मुख्य अभियुक्त पण्डित फरारनै छन् । नुवाकोट घर भएका पण्डित भारतमा लुकिछिपी बसेको प्रहरीले जनाउदै आएको श्रेष्ठ बताउनुहुन्छ ।

    विसं २०६७ जेठ ४ गते राति १० बजे बिरामी उपचार गरेर घर फर्किने क्रममा भरतपुरको हाकिमचोकबाट श्रेष्ठलाई अपहरण गरिएको थियो । अपहरणको १९ दिनपछि तीन किलो ६०० ग्राम सुन भारतको कानपुरमा बुझाएपछि उहाँ अपहरणमुक्त हुनुभएको थियो । श्रेष्ठ भन्नुहुन्छ, “अहिलेसम्म पनि मुख्य अभियुक्त पक्राउ हुन नसक्दा त्रास बढेको छ ।”

    तत्कालीन समयमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक श्रेष्ठलाई सो अस्पतालको वार्षिक बजेट रु २८ करोड हाराहारी फिरौती रकम माग गरेकोमा पछि तीन किलो ६०० ग्राम सुन दिने सहमति भएको थियो ।
    फरार रहेका पण्डित र पालिवाललाई जिल्ला अदालत चितवनले अपहरणमा फिरौतीबापत लिइएको रु एक करोड आठ लाख ५० हजार बिगो र बिगो बराबरको जरिवाना एवं १५ वर्ष कैद सजाय सुनाएको थियो । डा श्रेष्ठको अपहरणमा संलग्न ठहर भएका मुख्य अभियुक्त भारतीय नागरिक रोहित पालिवाल र भीमसेन पण्डितलाई जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दा अन्तर्गत १३ वर्ष कैद र सङ्गठित अपराध भएकोले थप दुई वर्षसहित १५ वर्ष कैद सजाय फैसला गरेको हो ।

    त्यसैगरी नवीन क्षेत्री, बद्रीप्रसाद ढुङ्गाना, सुनिल श्रेष्ठ र योञ्जन तामाङलाई अपहरण तथा शरीर बन्धक मुद्दा अन्तर्गत ११ वर्ष कैद र सङ्गठित अपराध गरेकोले थप दुई वर्ष कैद गरी १३ वर्ष कैद सजायको फैसला भएको थियो । अपहरणमा संलग्न भनिएका राजेन्द्र पण्डित र गौतम योञ्जनले भने सफाइ पाएका थिए । जरिवानासहित कैद सजाय तोकिएका छ जनाले जनही रु एक लाख जरिवाना पनि तिर्नुपर्ने फैसला जिल्ला अदालत चितवनले गरेको थियो ।

    उच्च अदालत पाटनको हेटौँडा इजलासले २०७५ माघ २१ गते जिल्ला अदालतबाट सफाइ पाएका गौतम योञ्जनलाई नौ वर्ष जेल र ५० हजार जरिवानाको फैसला गरेको थियो । योञ्जन विसं २०७६ पुसमा पक्राउ परेका छन् । डा श्रेष्ठले पक्राउ परेका छुट्ने समय आइसक्दासमेत मुख्य अभियुक्त पक्राउ नपर्दा आफूलाई त्रास कायमै रहेको बताउनुभयो । केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० का प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले पण्डित अझै पक्राउ पर्न नसकेको बताउनुभयो । निजलाई रेड कर्नर नोटिस जारी गरेर खोजीकार्य भइरहेको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.