सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाधिबेशन रोक्न सर्बोच्चमा रिट दर्ता गर्ने तयारी अधिबक्ताहरु


  •    न्युजभित्तो/३२ श्रावण २०७८, सोमबार १२:३९ 
  • काठमाडौंः भदौ १८ देखि महाधिवेशनको कार्यतालिका प्रारम्भ गर्ने नेपाली कांग्रेसको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ताको तयारी भएको छ ।

    कोभिड १९ को संक्रमण उच्च दरमा फैलिएको, अधिकांश स्थानमा निषेधाज्ञा जारी रहेको तथा कोभिड १९ संकट व्यवस्थापन अध्यादेशविपरीत रहेको भन्दै महाधिवेशन रोक्न अन्तरिम आदेश माग गर्दै रिट दर्ता गर्ने तयारी भएको छ ।

    रिट दर्ता गर्न कांग्रेसनिकट वरिष्ठ अधिवक्ताहरूसँग पनि छलफल भइरहेको छ । डेमोक्रेटिक लयर्स एशोसियसनमा आवद्ध केही वरिष्ठ अधिवक्ताहरूले रिट निवेदन दर्ता गर्न अस्वीकार गरेका छन् । रिटमा जनस्वास्थ्यमा गम्भीर असर उत्पन्न हुनसक्ने भन्दै महाधिवेशन रोक्न माग गरिएको छ ।

    ‘महाधिवेशन रोक्न अन्तरिम आदेश मागौं भनेर केही साथीहरू आउनुभएको थियो । मैले संवैधानिक दृष्टिले बलियो आधार नहुने भन्दै रिटमा नाम हाल्न मानिन’, कांग्रेसनिकट एक वरिष्ठ अधिवक्ताले भन्नुभयो । रिट निवेदन तयार रहेको र तत्कालै दर्ता गर्ने तयारी भएको एक अधिवक्ताले जानकारी दिनुभयो । ‘रिट लेखिसकेका छौं । सकभर सिनियर वकिलको पनि साथ खोजेका हौं । आज भोलिमा सर्वोच्च जान्छौं’, मुद्दाको तयारीमा रहेका एक अधिवक्ताले भन्नुभयो ।

    कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ । कांग्रेसको वडा अधिवेशन भने भदौ १८ गतेका लागि तोकिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.