सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हवाई उडानबाट देशका चार पर्यटकीय गन्तव्य जोड्यो


  •    न्युजभित्तो/३२ श्रावण २०७८, सोमबार ११:०२ 
  • चितवन, ३२ साउन । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा, चितवन र लुम्बिनि हवाई उडान मार्फत जोडीएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरे संगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवा मार्फत जोडीएका हुन । भरतपुर–भैरहवा उडान सुरु भए संगै चार गन्तव्य जोडीएका हुन । बुद्ध एयरले आईतबार बाट भरतपुर–भैरहवा उडान थालेको हो ।
    बुद्ध एयरलाईन्स भरतपुरका प्रबन्धक भक्त बहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौं दैनिक ९ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ । आइतबार, बुधबार र शुक्रबार उडान थालिएको उहाँले जानकारी दिनुभयो । बस्नेतले भन्नुभयो “पर्यटकीय गन्तव्य संगै उपचारका लागि भरतपुर आउन सहज भएको छ ।”यस संगै नारायणगढ–वुटवल सडक बिस्तार भैरहेकाले यात्रुलाई सहज भएको उहाँको भनाई छ ।
    क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे भारतीय पर्यटक नेपाल आउन भैरहवा–भरतपुर उडान प्रभावकारी हुने बताउनुहुन्छ । देशका चार प्रमुख पर्यटकीय गन्तव्य उडान मार्फत जोडीदैं गर्दा पर्यटन प्रबर्धनमा सहयोग पुग्ने उहाँको भनाई छ । लुम्बिनिमा ठूलो संख्यामा पर्यटक आएर त्यहीबाट भारत तर्फ फर्कने गरेको भन्दै उहाँले ती पर्यटकलाई चितवन सहितका गन्तव्यहरुमा ल्याउन उडान महत्वपूर्ण हुने घिमिरे बताउनुहुन्छ । सडकको यात्रा गर्नु नपरे पछि छोटो समयमा धेरै ठाउँ घुम्न पाउने घिमिरेले बताउनुभयो ।
    पर्यटन बिद डा. बिश्व सुवेदीले भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थल बनेकाले त्यहाँ संगको हवाई उडान चितवनका लागि निकै महत्वपूर्ण हुने बताउनुभयो । बिभिन्न देश संग उडानको सम्झौता भइसकेको भन्दै उहाँले यहाँका लागि निकट अन्तराष्ट्रिय बिमानस्थल भैरहवा हुने विश्वास व्यक्त गर्नुभयो । विश्वमा एक अर्ब भन्दा वढि बौदिष्ट भएको भन्दै उहाँले उनीहरुको पहिलो गन्तव्य लुम्बिनि रहेको जानकारी दिनुभयो । जसका कारण त्यहाँ संगको चितवनको सम्बन्ध महत्वपूर्ण हुने सुवेदीको भनाई छ । चितवन जंगल सफारीका लागि देशकै पहिलो गन्तव्य हो । यहाँको चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनहरुमा जंगल सफारी गर्न पर्यटक आउने गर्दछन् ।
    एक सिंगे गैंडा, पाटेबाघ, घडीयाल गोही, चराचुरुङ्गी पर्यटकको रोजाइमा पर्ने गर्दछन् ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.