सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालले भन्यो: भीडभाडले जोखिम बढ्यो, अति आवश्यक परे मात्र अस्पताल आउनु


  •    न्युजभित्तो/३१ श्रावण २०७८, आईतवार १९:४० 
  • चितवन,३१ साउन ।भरतपुर अस्पतालले अस्पतालमा हुने भीडभाडले कोरोनाको जोखिम बढेको भन्दै आवश्यकता परेमात्र अस्पताल आउन सर्वसाधारणमा अनुरोध गरेको छ ।

    अस्पतालले आज सर्वसाधारणमा अपिल गर्दै डेल्टा भेरियन्टको संक्रमण चितवन र आसपासका क्षेत्रमा तीव्र गतिमा फैलिएको भन्दै सो अनुरोध गरेको हो ।

    अपिलमा चितवन जिल्लामा संक्रमण बढ्न नदिन रोकथाम, नियन्त्रण र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन सो कदम चाल्नुपरेको जनाइएको छ । अति आवश्यक पर्दा मात्र अस्पताल आउन र स्वास्थ्य सुरक्षाका मापदण्ड प्रभावकारी ढंगले पालन गर्न अस्पतालले अनुरोध गरेको छ । त्यसैगरी अस्पतालमा पछिल्लो समयमा शैया भन्दा बढी संख्यामा कोरोनाका बिरामीको उपचार भइरहेको जानकारी दिँदै अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या अत्यधिक रहेको जनाएको छ । अस्पतालले भनेको छ, ‘ कोभिड संक्रमित बिरामीहरुको मृत्युदर बढ्दै गएको अवस्थामा कोभिड संक्रमित बिरामीहरुको संख्या बढ्दै गएमा उपचारमा थप कठिनाइ हुने सम्भावना छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.