सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षा पत्रकारिता पुरस्कारका लागि कोष स्थापना


  •    न्युजभित्तो/३१ श्रावण २०७८, आईतवार १६:३० 
  • काठमाडौँ, ३१ साउन ।  शिक्षामा पत्रकारलाई पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका लागि शिक्षा पत्रकार समाजले स्थापना गरेको अक्षयकोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले रू दुई लाख २२ हजार २२२ प्रदान गर्नुभएको छ । ‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ (सिआइपी) सम्मानप्राप्त नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँ निवासी उहाँले समाजका अध्यक्ष प्रकाश सिलवाललाई आज सो रकम हस्तान्तरण गर्नुभएको हो ।
    नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका जिल्लाअध्यक्ष कँडेल ककनीस्थित हाम्रो ग्यास उद्योगका संस्थापक अध्यक्ष हुनुहुन्छ । समाजले उक्त कोषमा थप रकम जुटाएर वार्षिकरुपमा पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका कार्यक्रम गर्ने महासचिव शेषकान्त पण्डितले जानकारी दिनुभयो । कँडेलले दुई वर्षअघि नेपाल सरकारको कोभिड–१९ रोकथाम तथा उपचार कोषमा सोही बराबरको रकम प्रदान गर्नाका साथै गत वर्ष आफ्नै वडास्थित कालिका आधारभूूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि दिवङ्गत पिता नेत्रप्रसादको स्मृतिमा रू एक लाख ५५ हजार ५५५ को अक्षयकोष स्थापना गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.