सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुर्लभ एकसिंगे गैंडा


  •    न्युजभित्तो/३१ श्रावण २०७८, आईतवार १३:२६ 
  • चितवन, ३१ साउन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा तस्करले मारेका छन् । निकुञ्जको माडी बगई सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा खाग काटिएको अवस्थामा मृत गैंडा फेला परेको हो ।

    साउन ११ गते मृत गैंडा फेला परेको भए पनि हालसम्म गोप्य नै राखिएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले खाग काटिएको अवस्थामा अन्दाजी २० वर्षको गैंडा मृत फेला परेको जानकारी दिनुभयो । बरालका अनुसार गैंडा हिलोमा गडेका कारण हड्डी मात्रै भेटिएको छ । कम्तीमा दुई महिना अघि गैंडा मरेको हुन सक्ने आशंका गरिएको छ । खाग काटिएको र टाउकोको हड्डीमा गोलि लागेको जस्तो चोट देखिएको छ ।

    नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्तीले गैंडा मृत अवस्थामा फेला पारेको हो । त्यस लगत्तै घटननाको अनुसन्धान अघि बढाईएको छ । उहाँले अनुसन्धान अघि बढेको र तस्कर नजिक पुगेको बताउनुभयो । गैंडा कुहिएकाले लिंग पहिचान हुन सकेको छैन । घटना लगत्तै कारागारबाट छुटेका र अन्य शंकास्पदमाथि अनुसन्धान थालिएको छ ।

    निकुञ्जमा गत आर्थिक वर्षमा निकुञ्जमा चार वटा गैंडा चोरीशिकारीले मारेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । गत आवमा प्राकृतिक कारणले २८ वटा गैंडा मरेका थिए । चालु आर्थिक वर्षको साउनमा मात्रै प्राकृतिक कारणले पाँच गैंडा मरेका छन् भने यो सहित ६ वटा गैंडा मरेका छन् । घटना लगत्तै निकुञ्जले सुरक्षामा थप कडाई गरेको हो ।

    पछिल्लो गणना अनुसार नेपालमा ७५२ गैंडा रहेका छन् भने ती मध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैंडा रहेका छन् ।

     

    (फाईल तस्वीर)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.