चितवन,३१ साउन । पूर्बी चितवनकी सुजिता भण्डारी मृत्यु प्रकरणमा परिक्षण गरिएको भिसेराको नतिजा अझै आउन सकेको छैन । जसका कारण उनका परिवारले घटना के कारण भएको थियो भन्नेमा चित्तबुझ्दो जवाफ पाउन नसकेको जनाएका छन् । आज पूर्बी चितवनमा पत्रकार सम्मेलनको आयोजना गरि भिसेरा परिक्षणको नतिजा आउन नसक्दा आँफुहरु अन्याएमा परेको बताएका छन् । सुजिताका काइला बुबा कोमलनाथ भण्डारीले यही घटनाका कारण भाईको परिवार सामाजिक बहिस्कारमा परेको बताउनुभयो ।
सुजिता मृत्यु प्रकरणमा उनकै दाजु पक्राउ परेपछि उनका परिवारलाई सामाजिक रुपमा बहिसकारमा परेको उहाँले गुनसो गर्नु भयो । उहाँले भन्नुभयो “स्थानियको सहमति बिना शब बुझेको, भिसेराको रिपोट अहिले सम्म नआएको र सत्यतथ्य छानविन नभएको भन्दै भाई सामाजिक बहिसकारमा परेको छ ।” घोसित रुपमा सामाजिक बहिस्कार नभए पनि काज किरियामा पनि स्थानिय नआएको र बिरामी हुँदा छरछिमेकले वेवास्था गरेको उहाँको भनाई थियो । प्रहरीले भिसेराको रिपोट १५ दिनमा आउँछ भनेको भए पनि अहिले सम्म नआउनुले अझै ससंकित वनाएको उहाँको भनाई छ ।
असार ११ गते घरबाट हराएकी २३ वर्षिय सुजिता भण्डारी २० गते घर नजिकैको सामुदायीक वनमा मृत अबस्थामा भेटिएकी थिइन । उनी मृत भेटिए पछि उनका साईला बुबाका छोरा सुकदेव भण्डारीलाई पक्राउ गरेको थियो । आत्महत्या दुरुत्साहन मुद्धामा उनलाई प्रहरीले पक्राउ गरेको हो । सुजिताकी भाउजु दुर्गा भण्डारीले मर्ने मरेर गए पनि बाँचेकालाई सामाजिक बहिस्कार गर्नु अपराध हुने भन्दै आँफुहलाई न्याए चाहिउको बताउनुभयो । उहाँले भन्नुभयो “बिरामी परेर ओच्छ्यानमा हुँदा समेत हामी आएर बस्नु प¥यो ।”