सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वीय दर्शनका आरोग्यता प्राप्ति विधिलाई नयाँ स्वरूपमा अघि बढाइने


  •    न्युजभित्तो/३१ श्रावण २०७८, आईतवार १०:५३ 
  • काठमाडौँ, ३१ साउन । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले योग, ध्यानलगायत पूर्वीय दर्शनका आरोग्यता प्राप्ति विधिलाई नयाँ स्वरूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको जोखिम कायम रहेको र तेस्रो लहरले बालबालिकालाई समस्यामा पार्छ भनिएका बेला विश्व शान्ति तथा अध्यात्म विकास समाजले जुम प्रविधिबाट बालबालिकालाई योगाभ्यास गराउन आयोजित कार्यक्रमको उद्घाटन समारोहमा उहाँले योग र ध्यानलाई पनि प्रदेश सरकारले पाठ्यक्रममा समावेश गरेको जानकारी गराउनुभयो ।

    देशभर योग शिक्षक बढाएर नियमित योगाभ्यासका माध्यमबाट मानिसलाई निरोगी बनाउन सकिने भएकाले तीनै तहका सरकार र यस विषयमा काम गर्ने सङ्घसंस्थाको ध्यान यसतर्फ जानुपर्ने मन्त्री फुँयालको भनाइ थियो । यसका लागि बागमती प्रदेश सरकारका तर्फबाट सहयोग गरिने उहाँको प्रतिबद्धता छ ।

    समाजका संस्थापक अध्यक्ष आचार्य राजन शर्माले नेपाललाई योगभूमि बनाउन देश बाहिरै रहेर पनि अभियान चलाइएको बताउनुभयो । अष्ट्रेलियामा स्थापना भएको समाजले योग, ध्यानलगायत पूर्वीय दर्शनका माध्यमबाट सुख, शान्ति एवं आरोग्यताका लागि काम गर्दै आएको छ ।

    सो अवसरमा अध्यक्ष शर्माले योग चेतनाका राजनीतिकर्मी भएपछि देश योगभूमि बन्ने भएकाले यसतर्फ अभियान चलाउन लागिएको जानकारी दिनुभयो । प्रत्येक दिन बिहान जुम प्रविधिबाट सिकाइने योगाभ्यासमा पहिलो दिन नै ३०० बालबालिका सहभागी भएका छन् । योगाभ्यासमा जुम प्रविधिका माध्यमबाट सहभागी हुन चाहने बालबालिकाले निःशुल्करूपमा जोडिन सक्ने समाजले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.