सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरामा औद्यागिक र पर्यटन क्षेत्रका छ हजार ७०० व्यवसायीलाई खोप


  •    न्युजभित्तो/३१ श्रावण २०७८, आईतवार १०:४६ 
  • गण्डकी,३१ साउन  । पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्लगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदुरलाई खोप उपलब्ध गराइएको हो ।
    शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सचिवालयमा एक हजार ४०० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको सङ्घका अध्यक्ष नारायण कोइरालाले जानकारी दिनुभयो । दैनिक सयौँ उपभोक्तालाई आवश्यक पर्ने सामान उपलब्ध गराउँदै आएका व्यावसायिक प्रतिष्ठान कोभिड फैलाउने केन्द्र नबनून् भन्नेतर्फ पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराइएको जानकारी दिँदै उहाँले थोरै सङ्ख्यामा भए पनि खोप उपलब्ध हुनुले आफूहरूलाई उत्साहित बनाएको बताउनुभयो ।
    उहाँका अनुसार खोपको सुनिश्चितताका लागि सङ्घले गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय कास्कीसहित सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि गुहारेको थियो । सङ्घका पूर्वअध्यक्ष तथा गण्डकीका कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापासहित सङ्घका अध्यक्ष कोइराला, वाणिज्यतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमिति संयोजक अर्जुन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलगायतको प्रतिनिधिमण्डलले स्वास्थ्य राज्यमन्त्रीलाई भेटेर खोपको माग गरेको थियो ।
    अत्यावश्यक सामग्रीको उत्पादन गर्ने औद्योगिक क्षेत्र तथा पर्यटन आबद्ध व्यसायी र मजदुरले खोप पाउनु सुखद् भएको उहाँले बताउनुभयो । अध्यक्ष कोइरालाका अनुसार सङ्घले एक हजार ४००, पोखरा पर्यटन परिषद्को समन्वयमा दुई हजार ५००, पोखरा औद्योगिक क्षेत्रमा एक हजार, लेखनाथ उद्योग वाणिज्य सङ्घमा ९०० तथा पोखरा चेम्बर अफ कमर्ससँग आबद्ध ९०० व्यवसायीले खोप पाएका छन् ।
    आगामी दिनमा थप व्यवसायीलाई खोप उपलब्ध गराउन निरन्तर लागिरहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । सङ्घका उद्योगतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमितिका संयोजक पोखरेलले यसअघि नै उमेर समूहअन्तर्गत केही व्यवसायीले खोप लगाइसकेको जानकारी दिँदै प्रतिष्ठानमा अग्रमोर्चामा रहने कर्मचारीले पनि खोप पाएसँगै व्यावसायिक क्षेत्र केही ढुक्क हुने अवस्था सिर्जना भएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल
    नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह
    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित
    • प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    • रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    • रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.