सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बौदीकालीमा विद्युतीकरणको काममा ढिलाइ


  •    न्युजभित्तो/३१ श्रावण २०७८, आईतवार १०:१४ 
  • कावासोती, ३१ साउन ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्र बौदीकाली गाउँपालिकामा विद्युतीकरणको काममा ढिलाइ भएको छ । बौदीकाली–३ र ४ का बासिन्दाको घरमा बिजुली बाल्ने योजनासहित सुरु भएको विद्युत् विस्तारको काम अझै सम्पन्न हुनसकेको छैन ।

    पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको अढाइ वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन । गत वर्षको असोज मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि यहाँ काम अलपत्र परेको छ । विद्युतीकरणका लागि विसं २०७५ मा भौतिक पूर्वाधार विकास मन्त्राललय गण्डकी प्रदेशमार्फत रु एक करोड ८२ लाख १५ हजार ३९७ बजेट विनियोजन गरिएको थियो । विसं २०७६ को माघ महिनादेखि यहाँ पोल गाड्ने काम सुरु भएको थियो ।

    अघिल्लो वर्षको चैत महिनामा नै पोल गाड्ने काम अन्तिम चरणमा पुगेको भए पनि बिजुली भने अझै पुग्न सकेको छैन । कोभिडको पहिलो लहर सुरु भएपछि लकडाउनको बेला लामो समय काम रोकिएको थियो । गत चैतदेखि केही पोलमा तार टाङ्ने काम सुरु गरिए पनि पुनः दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण करिब दुई महिना काम भएपछि अहिले ठप्प बनेको स्थानीयवासी अगुवा कुलमणि ढुङ्गानाले बताउनुभयो । “हामीले पटक–पटक स्थानीय र प्रदेश सरकारले यस विषयमा ध्यानाकर्षण गरायौँ तर कसैले पनि चासो देखाएका छैनन् ।

    देशैभर विभिन्न विकास निर्माणका कामले गति लिँदा पनि यस गाउँमा विद्युत् प्राधिकरणको काम अलपत्र परेको छ । काम छिटो सम्पन्न गरेर हाम्रो समस्याको सामाधान गर्नुप¥यो”, ढुङ्गानाले भन्नुभयो । “गाउँमा बत्ती आए धेरै सुविधा हुने थियो, कुटानी पिसानीदेखि बत्ती बाल्न, टिभी हेर्न सजिलो हुने थियो । विद्युत् नहुँदा कतिपयले गाउँ छाडेर गएका छन्”, स्थानीयवासी कृष्णप्रसाद पराजुलीले भन्नुभयो, “विद्युत् नहुँदा युवा पनि गाउँबाट पलायन भएर अन्त गएका छन् । बिजुली भएको भए त गाउँमै केही गर्ने थिए होला नि ?,

    सिँचाइलाई पानीको पनि समस्या रहेकाले बत्ती आएको भए खोलाबाट पानी तान्न पनि सजिलो हुने थियो, अरु मेसिन चलाउन, पङ्खा चलाउन सबै सजिलो हुने थियो तर बत्ती नहुँदा सबै कुरामा समस्या छ ।” गत वर्षको असोज मसान्तसम्म बिजुली बाल्ने सम्झौता भएको भए पनि कोरोना सङ्क्रमणका कारणले समयमा काम गर्न नसकिएको विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका इञ्जीनियर कविन्द्रकुमार झाले जानकारी दिनुुभयो । समय थप गरेर केही समय काम सुरु गरेको भए पनि दोस्रो लहरको कोभिडले प्रभावित भएको उहाँको भनाइ छ । स्थानीयवासीले बारम्बार ताकेता गरिरहेकाले काम छिट्टै सम्पन्न गर्र्ने प्रयासमा लागेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.